२० असोज, पर्वत । नेकपा एमाले प्रति जनताको आकर्षण बढ्दै गएको छ । वर्तमान देउवा सरकार प्रति वितृष्णा जागेका नेपाली कांग्रेसका कार्यकर्ताहरुले पुनः केपी ओलीलाई नै आगामी देशको नेतृत्व दिनुपर्ने भन्दै नेकपा एमालेमा प्रवेश गर्न थालेका छन् । जिल्लाको दक्षिणी क्षेत्रमा देउवा सरकारको कार्यशैली प्रति असन्तुष्ट रहेका कांग्रेसका कार्यकर्ताहरु नेकपा एमालेमा प्रवेश गरेका छन् ।

देउवा सरकार गठन भएको ३ महिनासम्म मन्त्रीपरिषदले पुर्णता पाउन नसकेको र भारतीय हस्तक्षेपका कारण नेपालीको ज्यान जाँदा पनि सरकार भारत परस्त भएको भन्दै पैयूका १७ जना युवा कार्यकर्ताहरु नेकपा एमालेमा प्रवेश गरेका हु्न्् ।
कांग्रेसका युवा नेता मदनकाजी कँुवरको नेतृत्वमा पैयूमा १७ जना युवाहरु नेकपा एमालेमा प्रवेश गरेका हुन् । केपी ओली नेतृत्वको सरकारले अघि सारेका विकास निर्माणका खाकाहरु सवै देउवा सरकारले अस्तब्यस्त पारेपछि यति बेला जनतामा निराशा बढ्दै गइरहेको छ । गठबन्धनको नाउँमा अपवित्र कार्यहरुमा तल्लिन सरकारले जनताको आकाक्ष र चाहनाहरुलाई बुझन नसकेको भन्दै देश भर देउवा नेतृत्वको गठबन्धन सरकार विस्ताथीत गरी पुनः एमाले नेतृत्वको सरकार बनाउनुपर्ने नवप्रवेशी कुँवरले बताएका छन् ।
नवप्रवेशीहरुलाई नेकपा एमालेका जिल्ला अध्यक्ष एवम् प्रतिनिधि सभाका सांसद पदम गिरीले टिका र खादा लगाई पाटीमा स्वागत गरेका थिए । कार्यक्रममा बोल्दै नेता गिरीले परमादेशबाट बनेको सरकारले अदालत र भारतलाई खुशी बनाउने बाहेक जनताको पक्षमा कुनै पनि काम नगरेको दावी गरे । जनताले देखेको विकास र सम्बृद्धिको सपना तुहाउने कार्यमा वर्तमान सरकार उद्धत रहेको भन्दै यो सरकारबाट जनताले कुनै पनि प्रकारको अपेक्षा नगरेको समेत स्पष्ट पारे ।
सभामुख देखि प्रधानमन्त्री र अदालत समेतको घेराबन्दीमा एमाले फुटाइए पनि एमाले आखिरमा देशको पहिलो र ठूलो शक्ति बन्ने सांसद गिरीले दावी गरे । कार्यक्रममा नेकपा एमालेका नेताहरुले वर्तमान सरकार जनअपेक्षा बमोजीम नचलेको आरोप लगाएका थिए ।




