२० असोज, पर्वत । जिल्लाको दक्षिणी क्षेत्रमा रहेको पैयू बहुमुखी क्याम्पसमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । पैयू गाउँपालिकाको हुवास बजारमा रहेको उक्त क्याम्पसमा बडा दशै तथा दिपावलीको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा प्रतिनिधि सभाका सांसद पदम गिरीले सरकारले शिक्षा क्षेत्रमा यथेष्ट ध्यान दिन नसकेको धारणा राखे । उनले माध्यमिक तहसम्म निशुल्क शिक्षा पाउनुपर्ने नागरिकको अधिकार संविधानमा लेखे पनि त्यो कार्यान्वयनमा अझै पनि जान नसकेको बताए । शिक्षा मानव जीवनको अभिन्न अंग भएका कारण सरकारको पहिलो प्राथमिकतामा भौतिक पूर्वाधार निर्माणसंगै शिक्षा र स्वास्थ्य पनि हुनुपर्ने सांसद गिरीको धारणा छ ।
कार्यक्रममा क्याम्पस ब्यवस्थापन समितिका अध्यक्ष, क्याम्पस प्रमुख, शिक्षक तथा विद्यार्थीहरुले शुभकामना आदान प्रदान गरेका थिए ।




