Print

पूर्व सांसद गिरीको पहलमा विहादी, पैयू र महाशिलामा अक्सिजन सिलिण्डर सहितका स्वास्थ्य सामाग्री भित्रिए

२० जेठ, पर्वत । प्रतिनिधि सभाका पूर्व सांसद पदम गिरीले जिल्लाका दक्षिणी क्षेत्रमा रहेका विहादी, पैयू र महाशिला गाउँपालिकाका लागि अक्सिजन सिलिण्ड सहितका स्वास्थ्य सामाग्री उपलब्ध गराएका छन् । विभिन्न निकायहरुसंगको समन्वयमा संकलन भएका सामाग्रीहरु जिल्लाको दक्षिणी क्षेत्रका पालिका स्तरय आइसोलेसन अस्पतालहरुमा सांसद गिरीले सामाग्री उपलब्ध गराएका हुन् ।

पैयू गाउँपालिकाका अध्यक्ष खगेन्द्र तिवारी, विहादी गाउँपालिकाका अध्यक्ष कमल भुषाल र महाशिला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद पौडेल मार्फत पूर्व सांसद गिरीले ति सामाग्री आइसोलेसन अस्पतालका लागि उपलब्ध गराएका छन् ।

पूर्व सांसद गिरी, युवा संघका नेता सुन्दर भुषाल तथा लेखक हरीहर पोख्रेल सहितको टोली सम्बन्धित पालिकामा पुगेर ति सामाग्रीहरु उपलब्ध लगाएका हुन् ।

कुल १२ वटा अक्सिजन सिलिण्डर, ३ वटा अक्सिजन कन्सेन्टेटर, १२ वेर्ड शैयाका सामाग्री तथा स्वास्थ्यका अन्य उपकरणहरु पालिकालाई प्रदान गरिएको छ ।
स्वास्थ्य सामाग्री लिएर आफै पालिकाहरुका आइसोलेसन अस्पतालमा पुगेका सांसद गिरीले नागरिकको उपचारको जिम्मा राज्यले लिनुपर्ने धारणा राखे । उनले स्वास्थ्य सामाग्रीको अभाव पर्वत जिल्लामा हुन नदिने प्रतिबद्धता समेत ब्यक्त गरे ।

‘हरेक नगारिकको बाँच्न पाउने अधिकार राज्यले सुनिश्चित गर्नुपर्छ’ सांसद गिरीले भने–‘स्वास्थ्य सामाग्री जस्तो आधाभूत सामाग्रीहरु स्वास्थ्य केन्द्रहरुमा अभाव हुनु दुःखत पक्ष हो ।’ तत्काल यी सामाग्रीहरु प्रयोगमा ल्याउन र अपुग भएका सामाग्रीहरुको लिष्ट आफूलाई दिन समेत गिरीले पालिका प्रमुखहरुलाई अनुरोध गरेका छन् ।
विपद् र महामारीको बेलामा सांसद गिरीले उपलब्ध गराएका सामाग्रीहरुले विरामीहरुको उपचारमा थप सहज भएको पालिका प्रमुखहरुले बताएका थिए ।

सो अवसरमा पालिकाहरुले निर्माण गरेका आइसोलेसन अस्पतालको निरिक्षण गर्दै गिरीले स्वास्थ्य सामाग्री यतिले मात्र यथेष्ट नभएको भन्दै आगामी दिनमा थप सामाग्री ब्यवस्थापनमा आफूले पहल गर्ने समेत प्रतिबद्धता ब्यक्त गरेका थिए ।

यस अघि सांसद गिरीले पर्वत अस्पतालका लागि ८ अक्सिजन सिलिण्डर सहितका स्वास्थ्य सामाग्रीहरु उपलब्धगराएका थिए भने ब्यक्तिगतरुपमा आफूले सांसदको पदमा रहँदा प्राप्त गरेको ३ महिनाको तलब समेत पर्वत अस्पताललाई आइसोलेसन अस्पताल अस्पताल बनाउनका लागि प्रदान गरेका थिए ।