Print

पर्वतमा कोभिडका विरामीलाई बेडको अभाव छैन, ७७ बेड अझै खाली

६ जेठ, पर्वत । जिल्लामा कोरोना संक्रमीतको उपचारका लागि तयार पारीएका मध्ये अझै ७७ वेड रिक्त रहेका छन् । जिल्ला प्रशासन कार्यालय पर्वतका अनुसार उपचारका लागि भर्ना लिन सकिने ७७ वेड खाली रहेका छन् ।

जिल्लाका स्थानीय तह र जिल्ला अस्पतालमा गरेर जम्मा १ सय ९ वटा वेड रहेको जिल्ल प्रशासन कार्यालय पर्वतले जनाएको छ । ति मध्ये ३२ वटा बेडमा मात्र विरामीले अहिले उपचार गरीरहेका छन् ।

बाँकी ७७ वटा वेड अझै पनि विरामीको प्रतिक्षामा रहेको सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मा सुवेदीले जानकारी दिए ।

प्रशासन कार्यालयका अनुसार फलेवासमा कुल १५ शैयामा १३ शैया खाली छन् । यसैगरी जलजलामा १७ बेड मध्ये १४ वेड खाली छन् । मोदी गाउँपालिकामा २० वटा बेड मध्ये १९ बेड खाली छन् भने विहादीमा ६ मध्ये ५ वेड खाली छन् ।

यसैगरी महाशिलामा १३ वटा बेड मध्ये ५ वटा बेड खाली रहेका छन् । उता, पैयूमा ७ वटा बेड रहेपनि अझैसम्म कुनै पनि विरामी भर्ना भएका छैनन् ।

एता, जिल्ला अस्पतालमा रहेका ३१ वटा बेड मध्ये १४ वटा बेडमा विरामी नै भर्ना भएका छैनन् । अहिले १७ वटा बेडमा मात्र विरामी रहेका छन् ।