२५ वैशाख, पर्वत । जिल्लाको कुश्मा नगरपालिका वडा न १ पाङका अर्का संक्रमीतको उपचारको क्रममा मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय पोखराका अनुसार वैशाख २४ गते बेलुका ५ बजे उनको मृत्यु भएको छ ।
निर्देशनालयका अनुसार ४० बर्षिया पुरुषको मृत्यु भनिए पनि मृतकको उमेर ६७ बर्ष रहेको स्थानीयको भनाई छ ।
संक्रमीत पुरुषको पोखराको मेडिप्लस अस्पतालमा उपचारको क्रममा मृत्यु भएको निर्देशनालयले जनाएको छ । योसंगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पर्वतमा ९ पुगेको छ ।





