२४ वैशाख, पर्वत । नेकपा एमालेका प्रभावशाली युवा नेता तथा प्रतिनिधि सभाका सांसद पदम गिरीले एमालेको एकता जोगाउन नेताहरुलाई अपिल गरेका छन् । आज गण्डकी प्रदेशका जिल्ला अध्यक्षहरुको संयुक्त अपिल पछि सांसद गिरीले नै नेल्सन मन्डेला जस्तै युगपुरुष बनेर भए पनि एमालेको एकता जोगाउन सांसद गिरीले आग्रह गरेका हुन् । उनले नेपाल कम्युनिष्ट पाटी (नेकपा)मा रहँदा नेताहरुका भउका कुकर्महरुको समिक्षा इतिहासले गर्ने भन्दै अहिले एमालेलाई एकताबद्ध बनाउन सवै जना जुट्न आग्रह गरेका हुन् ।
‘अश्वेत माथि स्वतेहरुले गरेको ज्यादतीर अपमानलाई समेत क्षमा दिएर नेल्सन मन्डेला महान राजनेता युगपुरुक्ष बने’ उनले भनेका छन्–‘करोडौं नेपाली जनताको सुन्दर भविश्य नै एमालेको बलियो एकतामा मात्र सम्भव छ ।’
नेकपा एमालेका पर्वत जिल्ला अध्यक्ष समेत रहेका युवा नेता गिरीले आफ्नो घर भत्काएर डर खोज्ने कुन्ठाग्रस्त मनस्थितीले पलायनता बाहेक केहि प्राप्त गर्न नसकिने समेत उल्लेख गरेका छन् । उनले सवै नेताहरु एकताबद्ध एमाले निर्माणमा जुट्न समेत आग्रह गरेका छन् । सांसद गिरी पर्वतबाट प्रतिनिधि सभामा निर्वाचित सांसद हुन् ।





