Print

पर्वतको जलजला पनि निषेधाज्ञा, कुश्मा बजारको निषेधाज्ञा एक हप्ता थपियो

२४ वैशाख, पर्वत । जिल्ला प्रशासन कार्यालय पर्वतले पर्वतका विभिन्न स्थानहरुमा सहित कुश्मा बजारमा थप एक हप्ता निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले विज्ञप्ति जारी गर्दै पर्वतको सदरमुकाममा लगाइएको निषेधाज्ञा थप एक हप्ता जारी रहने जनाएकी छिन् ।

यसैगरी संक्रमणको उच्च जोखिम रहेको भन्दै जलजला गाउँपालिकाको माझफाँट र मिलनचोक बजारमा पनि आगामी वैशाख ३१ गतेसम्मका लागि निषेधाज्ञा जारी भएको छ । जलजलाको वडा न २, ३, ४ र वडा न ७ मा निषेधाज्ञा जारी भएको प्रशासन कार्यालयले जनाएको छ ।