६ पुस, पर्वत । जिल्लाको बार्षिक समिक्षा गोष्ठिमा नेकपा पर्वतका अध्यक्ष तथा विघटीत प्रतिनिधि सभाका सांसद पदम गिरीले स्थानीय तहलार्य गैह् बजेटरी खर्च नगर्न आग्रह गरेका छन् । जिल्ला समन्वय समिति पर्वतले आयोजना गरेको बार्षिक समिक्षा कार्यक्रममा स्थानीय तहमा गैर बजेटरी खर्चको दर बढ्दै गएको भन्दै त्यस्तो कार्यलाई निरुत्साहित गर्न गिरीले आग्रह गरेका हुन् ।
पर्वत जिल्लाका ७ स्थानीय तह र जिल्ला स्थित सरकारी कार्यालयहरुको समिक्षा कार्यक्रममा भाग लिदै गिरीले स्थानीय तह, प्रदेश र संघ सरकारले गरेका सवै राम्रा कामहरु जनता सामू पुराउनेपर्ने बताए । उनले स्थानीय तहहरु छुट्टै सरकार नभएको भन्दै बेग्लै सरकार भएको अनुभूति स्थानीय तहहरु गर्न नहुने बताए । संघ र प्रान्तिय सरकारकै एक अंगको रुपमा स्थानीय तहहरुले भुमिका खेल्नुपर्ने गिरीको भनाई थियो ।
पर्वतबाट पछिल्लो प्रतिनिधि सभामा निर्वाचित सांसद गिरीले बार्षिक समिक्षा कार्यक्रममा बोल्दै वर्तमान प्रतिनिधि सभा विघटन हुनु दुखद रहेको बताए । उनले सवै तिरबाट प्रधानमन्त्री माथि घेराबन्दी भएको र राजनैति अस्थिरताको खेल शुरु भएका कारण प्रधानमन्त्रीले यस्तो कदम चाल्नुपर्ने बाध्यता आएको बताए ।
समिक्षा कार्यक्रममा पर्वत जिल्लाका ७ स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरु गत आर्थिक बर्षको बार्षिक कार्यक्रमको समिक्षा प्रस्तुत गरेका थिए । कार्यक्रममा प्रदेश सभा सदस्य ललितकला गुरुङ, जुनादेवी नेपाली, फलेवास नगरपालिकाका प्रमुख पदमपाणी शर्मा, जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल, मोदी गाउँपालिकाका अध्यक्ष प्रेम पौडेल, महाशिला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद पौडेल, विहादी गाउँपालिकाका अध्यक्ष कमल भुषाल तथा पैयू गाउँपालिकाका अध्यक्ष खगेन्द्र तिवारीले स्थानीय तहका कामलाई संस्थागत गर्नुपर्ने विषयमा धारणा राखेका थिए ।




