Print

पर्वत अस्पतालका डाक्टरलाई कोरोना संक्रमण

२३ मंसिर, पर्वत । पर्वत जिल्ला अस्पतालका निमित्त प्रमुख डा. शिशिर देबकोटालाई कोरोना संक्रमण पुष्टि भएको छ । डाक्टर देवकोटाले सामाजिक संजाल मार्फत आफुलाइ संक्रमण भएको बताएका छन् । केहि दिन देखि आफूमा ज्वरो र खोकि देखिएपछि पिसिआर गर्दा आफूमा कोरोना संक्रमण देखिएको देबकोटाले जानकारि दिए । कोरोना देखिएपछि आफुसंग सम्पर्कमा रहेकाहरुलाई सुरछित रहन देबकोटाले आग्रह गरेका छन् । यस अघि पनि पर्वत अस्पतालका ६ जना स्वास्थ्यकर्मिमा संक्रमण देखिएको थियो । पर्वतमा पछिल्लो समय सक्रिय सक्रमितको  संख्या बढिरहेको छ । उता जिल्लाको सदरमुकाम सहित अन्य स्थानहरुमा भने सामुदायिक र निजि बिद्यालयहरु खुलेका छन् । जिल्ला कुल ४ जनाको संक्रमणकै कारण मृत्यु भइसकेको छ भने संक्रमितको संख्या ३ सय नाघि सकेको छ ।