Print

कोरोनाबाट पर्वतमा थप १ जनाको मृत्यु, जिल्लामा कुल मृत्यु संख्या ४ पुग्यो

२२ मंसिर, पर्वत । जिल्लामा थप १ जना कोरोना संक्रमीतको मृत्यु भएको छ । पर्वतको फलेवास नगरपालिका वडा नं. ५ का ३८ वर्षिय एक कोरोना संक्रमित युवाको मृत्यु भएको हो । मणिपाल शिक्षण अस्पताल पोखरामा उपचाररत युवाको गएराती पौने १ बजे मृत्यु भएको स्वाथ्य निर्देशनालय पोखराले जनाएको छ ।

मृतक युवकको स्वाव परिक्षण गर्दा मंशीर १९ गते कोरोना पुष्टि भएको थियो । कोरोना सँगै उनमा भाईरल निमोनियाको समेत समस्या रहेको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ । यो सँगै पर्वतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ पुगेको छ ।

संक्रमणको जोखिम पछिल्लो दिनमा पर्वतमा बढ्दै गए पनि जिल्लामा शैक्षिक संस्थाहरु भने खुलेका छन् ।