Print

रानीपानी-फलेवास ढिकसम्मको लोकमार्ग सडक कालोपत्रेको लागि १ अर्ब २४ करोडको ठेक्का खुल्यो

१९ मंसिर, पर्वत । जिल्लामा रहेको राष्ट्रिय गौरबको आयोजना कालीगण्डकी करिडोरको पर्वत खण्डको रानीपानी देखि फलेवास ढिक सम्मको २२ किलोमिटर सडक कालोपत्रेको लागि बोल पत्र आब्हान भएको छ । कालीगण्डकी करिडोर सडक पाल्पाले सडक कालोपत्रेको लागि बहुबर्षिय ठेक्काको आब्हान गरेको हो ।

यो सडकले देशको उत्तर चिन र दक्षिण भारतलाई जोड्छ । दुई देश जोड्ने सडकको निर्माण कार्य भने सुस्त गतिमा अघि बढिरहेको बेलामा पर्वत बासीका लागि अर्को खुशीको खबर आएको छ । मुख्य गरी विहादी गाउँपालिका देखि फलेवास नगरपालिकासम्म जोड्ने ट्रयाक्कमा अहिले स्तरोउन्नतीको काम भइरहेको छ । सोहि खण्डमा चालु बर्षमा नै काम शुरु हुने गरी ठेक्का आब्हान भएको प्रतिनिधि सभाका सदस्य पदम गिरीले जानकारी दिए । सडक कालोपत्रेका लागि जनप्रतिनिधिहरुको निरन्तरको प्रयास सफल भएको भन्दै सांसद गिरीले खुशी ब्यक्त गरे । कार्यालयले १ अर्व २४ करोड रुपैंयाको लागतमा सडक कालोपत्रेका लागि ठेक्का आब्हान गरेको हो ।

यस अघि सेतीवेणी देखि रानीपानीसम्मको खण्ड कालोपत्रे गर्नका लागि ४१ करोड रुपैंया लागतको बोलपत्र आब्हान भई निर्माण कम्पनीले काम शुरु गरीसकेको छ । लोकमार्गमा स्याङजा र पर्वत जोडने मोटरेवल पुल सेतीखोलामा निर्माणधिन अवस्थामा छ । यस सडक खण्डको मोदीवेणी घाटमा मोटरेवल पुल निर्माण सम्पन्न भईसकेको छ । सडक खण्डको मोदीवेणी क्षेत्रमा भने अझै पनि ट्रयाक्क खुल्न बाँकी रहेको छ ।

सडक खण्डको रानीपानी देखि फलेवास ढिकसम्मक स्तराउन्नतीको काम भने अनितम चरणमा पुगेको छ । सडक खण्डमा अर्मादी देखि मोदीवेणीसम्मको सडकको ट्रयाक्क समेत पुरा भएको छैन । यो सडकको सवै खण्ड पुरा हुँदा उत्तर देखि दक्षिणी क्षेत्रको यात्रा सहज हुनेछ ।

यो पनि पढौ

‘रानीपानी देखि फलेवास ढिकसम्मको लोकमार्ग सडक कालोपत्रेको ठेक्का आब्हान यसै बर्ष’