२७ भदौ, पर्वत । जिल्ला सदरमुकाम कुश्मा बजारमा बस्दै आएका एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएपछि कुश्मा बजार पुरै बन्द भएको छ । जिल्ला प्रशासन कार्यालयले जारी गरेको प्रतिवन्धका कारण कुश्मा बजारका ब्यापारीक प्रतिष्ठान, वित्तिय क्षेत्र र यातायात पूर्ण रुपमा बन्द भएका छन् । कुश्मा नगरपालिका वडा न ३ घर भएका ६८ बर्षका पुरुषमा संक्रमण पुष्टि भएपछि कुश्मा नगरपालिकाका ४, ५ ६ र ७ नम्बर वडाहरुमा प्रतिबन्धहरु लागू भएका छन् । अत्यावश्यक बाहेकका पसल सवै बन्द छन् ।
अत्यावश्यक बाहेकका सवारी साधन पुरै बन्द छन् । आगमनमा खासै कडा नगरिए पनि घर मै बस्न अनुरोध गरिएको छ । विहानै देखि कुश्मा बजारको सामान्य जनजीवन प्रभावित भएको छ । यसले सामान्य बन्दै गएको कुश्मा बजार फेरी लक डाउनमा फर्केको छ । संक्रमीत ब्यक्ति राजनैतिक पृष्टभूमिका समेत भएका कारण उनको सम्पर्कमा धेरै जना आएको अनुमान गरिएको छ ।
उनको सम्पर्कमा आएकाहरुको भने अहिलेसम्म स्वाब संकलन गरिएको छैन् । उनले स्वाब दिएको झण्डै ४ दिन वितिसक्दा पनि उनीसंग ४ दिन अघि सम्पर्कमा आएकाहरुको स्वाब परिक्षण नगरी एक जना मात्रै संक्रमीत देखिए लगतै जिल्ला स्तरीय कोरोना नियन्त्रण तथा रोकथाम समितिले गरेको निर्णय बमोजीम १ हप्ता अव कुश्मा बजार ठप्प बन्नेछ । यो अवधिमा अरु ब्यक्तिको स्वाब परिक्षण गर्ने र संक्रमणको दर पत्ता लगाउने काम भने मन्द गतिमा भएको देखिन्छ ।




