१८ भदौ, पर्वत । नेपाली काँग्रेस पर्वतका युवा नेतृ राधाकुमारी कुवँर क्षेत्री केन्द्रिय प्रचार विभागको सदस्यमा मनोनित भएकी छिन् । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेसको विधान, २०१७ संशाधनसहित को धारा २५ ९९० बमोजिम क्षेत्रीलाई काँग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागको केन्द्रिय सदस्यमा मनोनित गरेका हुन् ।
सभापति देउवाले बुधवार क्षेत्री सहित ४८ जनालाई सदस्यलाई काँग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागको केन्द्रिय सदस्यमा मनोनित गरेको नेपाली काँग्रेसको केन्द्रिय कार्यालयले जनाएको छ ।
पर्वतको फलेवास नगरपालिका–६ देविस्थान निवासी क्षेत्री नेपाली काँग्रेस पर्वतकी महासमिति सदस्य हुन् । नेपाली काँग्रेसको राजनितिमा सक्रिय क्षेत्री सामजिक कार्य सँगै विभिन्न संघसंस्थामा पनि आवद्ध छिन् । नेतृ कुँवर पर्वत कांग्रेसकी लोकप्रिय नेताको रुपमा परिचितछिन् ।
कांग्रेसको १४ महाधिवेशन नजिकिँदै गर्दा सभापति देउवाले विभागमा धमाधम मनोनयन गर्न थालेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले भने विरोध गर्दै आएको छ।
यी हुन् सूचना, संचार तथा प्रचार विभागमा मनोनित हुने ४८ सदस्यहरु
१) श्री गोबर्धन राना मगर, तनहुँ
२)श्री बजरंग नेपाली, महोत्तरी
३)डा। श्री सुरेश आचार्य, सिन्धुली
४) श्री नीर शाह, काठमाडौं
५) श्री नन्दकृष्ण जोशी, बझाङ्ग
६) श्री युवराज गिरी, रुपन्देही
७) श्री कन्हैयालाल केशरी, पर्सा
८) श्री जितेन्द्र यादव, रौतहट
९) श्री विमल ठकुरी, काठमाडौं
१०) श्री हेमन्त कर्माचार्य, बांके
११) श्री गोविन्द कोइराला, सुर्खेत
१२) श्री विजय सम्वाहाम्फे लिम्बू, तेह्रथुम
१३) डा. श्री अञ्जनी झा, महोत्तरी
१४) श्री समीरजंग शाह, जाजरकोट
१५) श्री गोपाल झा, महोत्तरी
१६) श्री मीनबहादुर भाम, मुगु
१७) श्री विष्णुमणि घिमिरे, सर्लाही
१८)श्री सन्तोष चौधरी थारु, सिरहा
१९) श्री प्रफुल्ल घिमिरे, धनुषा
२०) सुश्री अञ्जना अर्याल, नुवाकोट
२१) ई. श्री दिपेश विष्ट, काठमाडौं
२२) डा.श्री सञ्जय महतो थारु, चितवन
२३) श्री राजकाजी गुरुङ, कास्की
२४) श्री रामचन्द्र घिमिरे, काठमाडौं
२५) श्री मधुकर खनाल, काभ्रे
२६) श्री गोविन्द परियार, कास्की
२७) श्री विमलचन्द्र विष्ट, ललितपुर
२८) श्री दिनेश थापा मगर, सिन्धुपाल्चोक
२९) श्री विमल सुवेदी, विदेश क्षेत्र, मध्यपूर्व, कतार०
३०) श्री नारायण सुवेदी, विदेश क्षेत्र, एसिया प्यासिफिक, जापान०
३१) श्री चिजकुमार तामाङ, विदेश क्षेत्र, यूरोप, पोर्चुगल०
३२) डा.श्री देशराज संयोक लिम्बू ९विदेश क्षेत्र, अमेरिका०
३३) श्री बीरेन्द्र बिजुक्छे, कास्की
३४) श्री बसन्त रोकाय, हुम्ला
३५) श्री विपेन्द्र गौतम, पाँचथर
३६) ई.श्री सुसन बैद्य, काठमाडौं
३७) श्री रोहित विश्वकर्मा, भोजपुर
३८) श्री कल्प पौडेल, पाल्पा
३९) श्री देवेन्द्र गौतम, झापा
४०) श्री मोहमद वजीह अर्सद, कपिलवस्तु
४१) श्री तेजशंकर भट्ट, कैलाली
४२) श्रीमती राधा क्षेत्री, पर्वत
४३) श्री टेकराज अवस्थी, डोटी
४४) सुश्री अनिता शर्मा, पश्चिम नवलपरासी
४५)श्री भेषबहादुर थापा, दैलेख
४६) श्री रमेश जोशी, डडेल्धुरा
४७) श्री सागर श्रेष्ठ, सिन्धुपाल्चोक
४८) श्री विकल राई, खोटाङ




