Print

पूर्वाधार कार्यालय पर्वतका प्रमुख अधिकारीको सरुवा, पर्वतबाट विदाई

२७ साउन, पर्वत । पूर्वाधार कार्यालय पर्वतका प्रमुख दायाराम अधिकारी सहित दुई कर्मचारीलाई पर्वतबाट औपचारिक रुपमा विदाई गरिएको छ । कर्मचारी मिलन केन्द्र पर्वतले जिल्ला प्रशासन कार्यालय पर्वतमा एक कार्यक्रमको आयोजना गरी कार्यालयका सिनियर डिभिजन प्रमुख अधिकारीलाई विदाइ गरेको हो । अधिकारी सरुवा भएर गोरखा स्थित पूर्वाधार कार्यालयमा गएका छन् ।

गण्डकी प्रदेश सरकार तर्फको पूर्वाधार कार्यालयमा झण्डै २ बर्षको बसाई पछि अधिकारी सरुवा भएर गोरखा जान लागेका हुन् । पूर्वाधार कार्यालयले गत बर्ष कोरोना संक्रमणका बाबाजुद पनि ८० प्रतिशत प्रगति हासिल गरेको थियो । जिल्लामा कार्यालयले सडक, मोटरेवल पुल र झोलुगे पुलको क्षेत्रमा काम गरीरहेको छ ।

यसैवीच सोहि कार्यक्रममा रणदल गुल्मका सेनानी अर्जुन दुलाललाई पनि विदाई गरिएको छ । यस्तै, ससस्त्र प्रहरी उपरिक्षक बिजय कुमार के.सी र रणदल गुल्मका मेजर रमेश थापालाई स्वागत गरिएको छ ।

कार्यक्रममा बोल्दै पूर्वाधार कार्यालयका प्रमुख अधिकारीले पर्वत र बागलुङ जिल्लाको प्रमुख भएर काम गर्दा सवैको साथ, सहयोगका कारण कार्यालयको प्रगति सन्तोषजनक भएको बताएका थिए ।

कार्यक्रममा बोल्दै कर्मचारी मिलन केन्द्रका संरक्षक तथा प्रमुख जिल्ला अधिकारी शम्भप्रसाद रेग्मीले सरुवा भइ जान लागेका दुवैको कार्यले जिल्लाको पूर्वाधार बिकास सहित विपद व्यवस्थापनमा खेलेको भूमिका अहम रहेको भन्दै धन्यवाद ब्यक्त गरे ।

कर्मचारी मिलन केन्द्रका प्रमुख संरक्षक जिल्ला न्यायधिस सुर्यबहादुर थापाले सरुवा प्रकृया नियमित रहेको हँदा जहाँजता रहे पनि कर्मचारी कार्य सम्पादनमा दत्तचित हुनुपर्ने कुरा बताए । कर्मचारी मिल्न केन्द्र पर्वतका अध्यक्ष तथा कुश्मा नगरपालिकाका प्रमुख प्रसासकीय अधिकृत हरि पंगेनीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन केन्द्रका सचिव बिमलप्रसाद गौतमले गरेका थिए ।