Print

विविध कार्यक्रम सहित पर्वतमा पुष्पलाल स्मृति दिवस मनाईयो

८ साउन, पर्वत । नेपाल कम्यूनिष्ट पार्टी पर्बतले मोदिबेनी बृद्धाश्रममा रहेका बिभिन्न बृद्धबृद्धाहरुलाई खाद्यन्न बितरण कार्यक्रम गरी संस्थापक महासचिव पुष्पलाललाई सम्झिएको छ । खाद्यन्न बितरण कार्यक्रम पछि बोल्दै नेकपा केन्द्रीय सदस्य गुप्तबहादुर हमालले समृद्ध नेपालको परिकल्पना सहित पुष्पलालले अघि सारेको विचार तथा आदर्शलाई आत्मसात गर्दै अघि बढ्न आवश्यक रहेको बताए ।

पुष्पलालको विचारले नै मुलुकमा वहुदलिय व्यवस्था स्थापना हुँदै लोकतान्त्रिक गणतन्त्र स्थापना भएको र उनका वाँकी सपना पुरा गर्न समाजवादको यात्रा तह गर्नुपर्ने उनको भनाई थियो ।

कार्यक्रममा उपस्थित प्रदेश कमिटी सदस्य देबेन्द्र पाण्डे, मेघनाथ सुवेदी नेकपा पर्बतका पार्टि सचिब सुदिप कुवर, कार्यालय सदस्य गोबिन्द पहाडी, जिल्ला सचिवालय सदस्य शिव पौडेल, लगायतले कम्युनिष्ट आन्दोलनमा पुष्पलालले पु¥याएको योगदान अतुलनिय रहेको चर्चा गरेका थिए ।

कार्यक्रममा कुश्मा नगर कमिटि अध्यक्ष शंकर गिरी, जलजला गाउँपालिकाका नेकपाका ईन्चार्ज दिपक आचार्य, तारा पराजुली शिबलाल सार्की लगायतको उपस्थिति रहेको थियो ।नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव स्व.पुष्पलाल श्रेष्ठको ४२ औँ स्मृति दिवस पर्बतमा पनि विभिन्न कार्यक्रम गरि मनाईएको छ ।

यसैबिच  राष्ट्रिय युवासंघ पर्बतको अगुवाईमा सरसफाईको कार्यक्रमको आयोजना गरि मनाईएको छ । युवासंघले कुश्माको बडागाउँदेखि मोदीबेणी धाम सम्म पुग्ने बाटोको सम्पुर्ण फोहोर सरसफाई गरेको राष्ट्रिय युवासंघ पर्बतका संयोजक थमनारायण पौडेलले बताए । मोदीवेणी जाने बाटोमा सरसफाई गरिएको थियो। माथिदेखि तलसम्मको सबै फोहोरलाई एकै ठाउँमा संकलन गरी जलाईएको हो ।

स्मृति दिवसमा रचनात्मक काम गर्दा उत्तम हुने भएकोले प्रसिद्ध धार्मिक क्षेत्र जानेबाटो सफाई गरिएको पौडेलले बताए । सरसफाई अभियानमा राष्ट्रिय युवासंघ पर्बतका नेताहरु तथा पार्टीका अन्य नेता कार्यकर्ताहरुको सहभागीता रहेको युवासंघका नेता अर्जुन पौडेलले जानकारी दिए ।