Print

कुश्मामा सवारी काउन्टर खुले, भोली देखि लामो दुरीको बस सेवा शुरु हुने

७ साउन, पर्वत । झण्डै ४ महिना देखि बन्द भएका सवारी साधनका काउन्टर बुधवार देखि कुश्मा बजारमा खुलेका छन् । सरकारले घोषणा गरेको लक डाउनका कारण बन्द रहेका सवारी साधनका काउण्टहरु खुलेका हुन । धौलागिरी गण्डकी यातायात संघ प्रा.लि. आफ्नो काउन्टर खुलेको जनाएको छ । प्रालिका अध्यक्ष उमेश केसीका अनुसार भोली विहिबार देखि नियमित रुपमा लामो तथा छोटो दुरीका सवारी साधनहरु सञ्चालनमा आउनेछन् ।

सरकारको हिजो मध्यरात देखि लक डाउनको अन्त्य भएको घोषणा गरेसंगै बुधवार विहानै देखि काउण्टर खुलेका हुन् । अध्यक्ष केसीका अनुसार पुर्ववर्त अवस्थामा नै यात्रुहरु उपलब्ध भएसम्म सवारी साधन सञ्चालन हुनेछन । केसीले भने–‘आज देखि काउण्टर खुल्ला गरयौ’ सरकारको सहमती अनुसार आधा यात्रुका लागि टिकट उपलब्ध हुने र साविकको भाडा दरमा ५० प्रतिशत भाडा बृद्धि गर्ने केसीले जानकारी दिए ।

यात्रा गर्दा माक्र्स, सेनिटाइजर अनिवार्य गरी सामाजिक दुरी भने कायम गरिने उनको भनाई छ । विगत ४ महिना देखि थन्किएका सवारीहरु यात्रु उपलब्ध भएसम्म विहिबार देखि सञ्चालनमा आउने केसीको भनाई छ । पर्वतको कुश्मा तथा बागलुङ देखि देशका विभिन्न ठाउँमा लामो दुरीका सवारी साधनहरु सञ्चालन हुँदै आएका छन् ।

मुख्य गरी काठमाण्डौं, काकडभित्ता, विरगंज, चितवन, बुटवल, सुनौलि, कोठियाघाट लगाएतका ठाउँहरुमा बागलुङ र पर्वतको कुश्मा देखि सवारी साधनहरु छु्ट्ने गर्दछन् । छोटा दुरीका सवारीहरु पनि आज देखि नै नियमित रुपमा सञ्चालनमा आउने प्रालिले जनाएको छ ।