Print

पर्वतमा ९६ संक्रमीत मध्ये ९० जना निको भए, संक्रमण दर घट्दो

५ साउन, पर्वत । जिल्लामा भेटिएका कुल ९६ संक्रमीत मध्ये आइतबार बेलुकासम्म ९० जना डिस्चार्ज भएका छन् । स्वास्थ्य कार्यालय पर्वतले दिएको जानकारी अनुसार कुल संक्रमीत मध्ये ९४ प्रतिशत संक्रमीत निको भएका छन । जिल्लामा कोरोना संक्रमणको दर घट्दै गएको छ । परिक्षणको दायरा क्वारेन्टाइन र सम्पर्क ब्यक्तिहरुमा गरिए पनि उनीहरुमा संक्रमण देखिने दर न्यून हुँदै गएको छ ।

आइतबार मात्रै स्वास्थ्य कार्यालयका सुचना अधिकृत प्रविन भण्डारीका अनुसार १ सय १ जनाको परिक्षण गर्दा १ सय जनाको रिर्पोट नेगेटिभ आएको छ । बाँकी १ जनाको मात्रै रिर्पोट पोजेटिभ देखिएको छ ।

पोजेटिभ देखिएका ब्यक्ति जलजला गाउँपालिकाका हुन । रिर्पोट नेगेटिभ आएकाहरु मध्ये क्वारेन्टाइनमा बसेका ४४ जना नेपाल प्रहरीका २ जना चालक ६ जना र संक्रमीतको सम्पर्कमा रहका ३ जना तथा २ जना स्वास्थ्यकर्मीको रिर्पोट नेगेटिभ आएको भण्डारीले जानकारी दिए ।

यसैगरी आज मात्रै थप नेपाल प्रहरीका ७ जना सम्पर्कमा आएका थप १० जना र क्वारेन्टाइनमा बसेका थप २६ जनाको रिर्पोट नेगेटिभ देखिएको भण्डारीले जानकारी दिए ।

हालसम्म १३ सय ४४ जनाको पिसिआर प्रविधि मार्फत परिक्षण गरिएको छ भने ७ सय ९१ जनाको आरडिटि प्रविधि मार्फत परिक्षण गरिएको छ । स्वास्थ्य कार्यालयका अनुसार भारतबाट मात्रै यस अवधिमा ६ सय २७ जना पर्वत फर्केका छन । तेस्रो मुलकबाट पर्वतमा १ सय ५४ जना यस अवधिमा फर्किएका छन् ।