Print

संक्रमीत ७ जनालाई आजै आइसोलेसनमा भर्ना, सवैको स्वास्थ्य अवस्था सामान्य

९ असार, पर्वत । जिल्लामा थपिएका २२ जना कोरोना संक्रमीत मध्ये ७ जनालाई आइसोलेसनमा भर्ना गरिएको छ । पर्वत अस्पतालका प्रमुख डा. शिशिर देवकोटाका अनुसार थप भएका २२ जना मध्ये ७ जनालाई आजै आइसोलेसनमा भर्ना गरिएको हो । बाँकी सवैलाई भोली भर्ना गरिनेछ । थप भएका सवै संक्रमीतहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

आज मात्रै पर्वतमा १ जना स्वास्थ्यर्मी र १७ जना भारतबाट फर्किएकाहरु संक्रमीत भएका थिए । बाँकी ४ जना स्थानीय मानिसहरु थिए । संक्रमीतहरु मध्ये कुश्मा नगरपालिकाका ९ जना रहेका छन् । जसमध्ये ३ महिनाको बालक समेत रहेका छन् । यसैगरी फलेवास नगरपालिकामा ७ जना रहेका छन् ।

आज संक्रमीत हुनेहरुमा २ जना विहादी गाउँपालिकाका, २ जना पैयू गाउँपालिकाका र मोदी गाउँपालिकाका रहेका छन् । उनीहरु मध्ये १७ जना अहिले पुलिङ क्वारेन्टाइनमा बसेका छन् । १ जना स्वास्थ्यकर्मी पर्वत अस्पतालमा कार्यरत रहेको बुझिन्छ । यसैगरी ४ जना भने संक्रमीतको कन्ट्रयाक्ट ट्रेसिङमा आएका ब्यक्तिहरु रहेका छन् । उनीहरु कुश्मा नगरपालिकाका हुन ।