९ असार, पर्वत । जिल्लामा पहिलो पल्ट ५ जना स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएपछि उनीहरुको सम्पर्कमा रहेका ब्यक्तिहरुको पनि परिक्षण गरिएको छ । परिक्षणका लागि ८१ जनाको स्वाब संकलन गरिएको थियो ।
संकलीन ८१ मध्ये ४ जनामा थप कोरोना पुष्टि भएको छ । ४ जना मध्ये २ जना स्वास्थ्यकर्मी र बाँकी २ जना अन्य रहेका छन् । योसंगै अरु स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्ट भएको छैन । पर्वत अस्पतालका निमिक्त प्रखुख डा. शिशिर देवकोटाका अनुसार थप स्वास्थ्यकर्मी संक्रमीत नभएका कारण भोली –असार १० गते देखि इमरजेन्सी सेवा र गर्भवती सेवा सुचारु हुने भएको छ ।
जिल्ला अस्पतालका कुल ७ जनामा स्वास्थ्यकर्मी संक्रमीत बनेका छन । उनीहरुलाई आइसोलेसनमा राखिएको छ । ७ जना मध्ये पनि २ जना चिकित्सवको भने यस अघि नै दोस्रो परिक्षणको रिर्पोट नेगेटिभ देखिएको छ । सिमित जनशक्तिका बाबाजुद पनि अस्पतालको सेवा प्रभावित नहुने गरी सेवा सुचारु गरिएको डा. देवकोटाले जानकारी दिए ।




