Print

अपडेट, सहस्रधारामा पहिरो : बर्षातका कारण अवरुद्ध सडक खुलाउन समस्या

६ असार, पर्वत । जिल्लाको कुश्मा नगरपालिका वडा न १ सहस्रधारामा शनिवार विहान पहिरो गएको छ । पहिरोका कारण कुश्मा देखि बागलुङ र वेनी हुँदै मुस्ताङसम्म जाने लोकमार्ग अवरुद्ध बनेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक बुद्धि सुवेदीका अनुसार अहिले पहिरो हटाउन बर्षातका कारण समस्या परेको छ । निरन्तरको बर्षातका कारण थप पहिरोको डर भएकाले पहिरो हटाउन नसकिएको प्रहरी निरिक्षक सुवेदीले जानकारी खिए ।

यसैगरी पहिरोका कारण कुश्मा बागलुङ ३३ केभि लाइन पनि अवरुद्ध बनेको छ । पहिरोले प्रसारण लाइनमा क्षति पुराउँदा विद्युत सेवा बागलुङ र म्याग्दी जिल्लामा अवरुद्ध बनेको हो ।

विद्यु्त प्रसारणलाई सुचारु गर्नका लागि काम भईरहेको विद्युत कार्यालयहरुले जनाएका छन् । पहिरोका कारण अन्य मानवीय र भौतिक क्षति भने नभएको प्रहरीले जनाएको छ ।