Print

थप ४ जना नयाँ संक्रमीत, आज मात्रै ९ जना थपिए

४ असार, पर्वत । जिल्लामा पुनः ४ जना नयाँ कोरोना संक्रमीत थपिएका छन् । आज विहान मात्रै चितवनको प्रयोशालामा गरिएको परिक्षणमा थप ५ जना नयाँ संंक्रमीत थप भएका छन् । पुनः पोखरा स्थित प्रयोगशालामा भएको परिक्षणमा थप ४ जना नयाँ संक्रमीत देखिएको स्वास्थ्य निर्देशनालय पोखराले पुष्टि गरेको । नयाँ थप भएका ४ जना संक्रमीत कुश्मा नगरपालिकाका २० बर्षिया पुरुष, फलेवास नगरपालिकाका १९ र २२ बर्षिया पुरुष तथा जलजला गाउँपािलकाका १६ बर्षिया पुरुष रहेका छन ।
यस अघि चितवनमा गरिएको परिक्षणबाट विहान ५ जना नयाँ संक्रमीत फेला परेका थिए ।
उनीहरु कुश्मा नगरपलिाकाका २, फलेवास नगरपालिकाका २ र मोदी गाउँपािलकाका १ जना नयाँ संक्रमीत थिए ।

नयाँ संक्रमीत मध्ये कुश्मा नगरपालिकाका ४३ बर्षको पुरुष र २० बर्षको महिला छन । यसैगरी मोदी गाउँपालकाका ३० बर्षका पुरुष पनि संक्रमीत भएका छन् । यसैगरी फलेवास नगरपालिकाका ३० र ३७ बर्षका पुरुष पनि संक्रमीत भएका छन् । उनीहरु सवै जना भारतबाट फर्केका हुन । उनीहरुको स्वाब भरतपुर स्थित भरतपुरस्थित राष्ट्रिय पंक्षीरोग अन्वेषण प्रयोगशालामा परिक्षण गरिदा रिर्पोट पोजेटिभ देखिएको हो ।

रिर्पोट पोजेटिभ आएका उनीहरु सवैलाई पुलिङ क्वारेन्टाइनबाट आइसोलेसन अस्पतालमा लैजाने तयारी भईरहेको जनाइएको छ ।