Print

पर्वतमा फेरी थपिए ५ जना नयाँ संक्रमीत

४ असार, पर्वत ।  जिल्लमा थप ५ जना नयाँ संक्रमीत थपिएका छन् । पर्वत अस्पतालका प्रमुख डा। शिशिर देवकोटाका अनुसार कुश्मा नगरपलिाकाका २, फलेवास नगरपालिकाका २ र मोदी गाउँपािलकाका १ जना नयाँ संक्रमीत थपिएका हुन ।

नयाँ संक्रमीत मध्ये कुश्मा नगरपालिकाका ४३ बर्षको पुरुष र २० बर्षको महिला छन । यसैगरी मोदी गाउँपालकाका ३० बर्षका पुरुष पनि संक्रमीत भएका छन् । यसैगरी फलेवास नगरपालिकाका ३० र ३७ बर्षका पुरुष पनि संक्रमीत भएका छन् । उनीहरु सवै जना भारतबाट फर्केका हुन । उनीहरुको स्वाब भरतपुर स्थित भरतपुरस्थित राष्ट्रिय पंक्षीरोग अन्वेषण प्रयोगशालामा परिक्षण गरिदा रिर्पोट पोजेटिभ देखिएको हो ।

रिर्पोट पोजेटिभ आएका उनीहरु सवैलाई पुलिङ क्वारेन्टाइनबाट आइसोलेसन अस्पतालमा लैजाने तयारी भईरहेको डा. देवकोटाले जानकरी दिए ।