२५ जेठ, पर्वत । कोरोना परिक्षणका लागि पर्वतमा आइतबार थप ४२ जनाको स्वाब संकलन गरिएको छ । पर्वत जिल्ला अस्पतालका निमिक्त प्रमुख डाक्टर शिशिर देवकोटाका अनुसार भारतबाट फर्केकाहरु सहित कुल ४२ जनाको आइतबार स्वाब संकलन गरिएको हो ।
भारतबाट फर्केकाहरु पर्वतको कुश्मा स्थित क्वारेन्टाइनमा झण्डै १ सय ५० को संख्यामा मानिसहरु बसिरहेका छन् । ति मध्ये शुक्रबार ८२ जनाको स्वाब संकलन गरिएको थियो । त्यो अंक सहित कुल १ सय २४ जनाको स्वाब संकलन भएको छ । संकलन भएको स्वाब परिक्षणका लागि पोखरा स्थित प्रयोशलामा पठाइएको छ । उनीहरु मध्ये १ सय २४ जनाकै रिर्पोट आउन बाँकी रहेको छ ।
यस अघि ९ जना संक्रमणीत पुष्टि भएपछि उनीहरुलाई कुश्मा स्थित कोरोना अस्पतालमा भर्ना गरी गरिएको छ । भर्ना भएका सवै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको बताईन्छ ।




