Print

पर्वतमा कोरोना संक्रमीत कुल ९ जना पुगे, १ सय ३० को परिक्षण बाँकी

२२ जेठ, पर्वत । कोरोना भाइरस संक्रमीत संख्या पर्वत जिल्लामा ९ पुगेको छ । भारतबाट आइ क्वारेन्टाइनमा बसेका थप ४ जना संक्रमण पुष्टि भएसंगै पर्वत जिल्लाको कोरोना संक्रमीतको संख्या ९ पुगेको हो । यस अघि ५ जना संक्रमति थिए ।

थ्रोड स्वाब संकलन गरी पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका प्रयोशालामा परिक्षण गरिएकोमा पर्वत जिल्लाका थप ४ जनामा कोरोना भाइरसको पोजेटिभ देखिएको हो । हालसम्म संक्रमीत मध्ये महाशिला गाउँपालिकाका ३ जना, फलेवास नगरपलिकाका ४ जना र विहादी गाउँपालिकाका २ जना रहेका छन ।

डा देवकोटाका अनुसार भारतबाट फर्केका १ सय ३० जनाको परिक्षण हुन बाँकी रहेको छ । पछिल्लो समय भारतबाट फर्केको संख्या ह्वातै बढेको छ । भारतबाट ठूलो संख्यामा पर्वत फर्केहरु भए पछि उनीहरुलाइ क्वारेन्टाइनमा राख्न भने चुनौतिपूर्ण बन्न थालेको छ । संख्या ठूलो हुँदा उनीहरुको ब्यवस्थापनमा कठिनाइ हुने भएको हो ।

ठूलो संख्यालाई राख्न सक्ने क्वारेन्टाइन पनि निर्माण गर्न कठिन हुने भएको छ । हालसम्म भारतबाट फर्केकाहरुलाई कुश्माका विभिन्न क्वारेन्टाइनमा राखेर परिक्षण पश्चात मात्र सम्बन्धित पालिकामा पठाउने नीति लिइएको छ । संख्या बढ्दै जाँदा त्यो नीति कार्यान्वयनमा क्रमशः समस्या देखिन थालेको छ । हालसम्म कुश्माको कोरोना अस्पतालको आइशोलेसनमा ७ जनाको भर्ना गरिएको छ । आज थप भएका ४ जना अव आइशोलेसनमा ११ जना हुने भएका छन् ।