Print

भारतबाट पर्वत आएका थप १८ जनाको रिर्पोट नेगेटिभ

२० जेठ, पर्वत । भारतबाट आएका ३९ जनाको थ्रोड स्वाब परिक्षण गर्दा पर्वतमा ५ जनामा कोरोना संक्रमण देखिएको छ । भारतबाट आइ क्वारेन्टाइनमा बसेका ५ जनामा संक्रमण पुष्टि भएको हो । बाँकी १८ जनामा भने कोरोना संक्रमण नेगेटिभ आएको छ । अर्थात उनीहरुमा कोरोना देखिएन ।

कोरोना नदेखिएका ३९ जना मध्ये २ जनालाई भने आइसोलेसनमै राखिने भएको छ । रिर्पोट नेगेटिभ २ जना संक्रमीतसंगै क्वारेन्टाइनको एउटै कोठामा बसेका कारण उनीहरुलाई पालिकामा पठाई केहि दिन आइसोलेसनमै राखिने भएको हो । बाँकी ३९ जना भने पालिकाका क्वारेन्टाइनमा जाने भएका छन् । १८ जनाको अझै रिर्पोट आउन बाँकी रहेको छ ।

संक्रमीत ५ जना मध्ये २ जना फलेवास नगरपालिका र ३ जना महाशिला गाउँपालिकाका छन् । उनीहरु मध्ये फलेवास नगरपालिकाका २० र ४० बर्षका दुई पुरुष छन् भने महाशिला गाउँपालिकाका १९, २० र २१ बर्षका पुरुषहरु रहेका छन् । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बताइन्छ ।  यस अघि भारतबाटै आएका ४८ जनाको रिर्पोट नेगेटिभ आए पछि उनीहरुलाई सम्बन्धित पालिकाको क्वारेन्टाइनमा पठाइएको छ ।