Print

दुई हप्तामा पर्वतमा भारतबाट १ सय ६९ जना भित्रिए

२० जेठ, पर्वत । जिल्ला प्रशासन कार्यालयसंगको समन्वयमा भारतबाट पछिल्लो दुई हप्तामा १ सय ६९ जना भित्रिएका छन् । सरकारले भारतमा अलपत्र परेकाहरुलाई स्वदेशमा ल्याउने नीति ल्याएसंगै उनीहरु भारतबाट गृह जिल्ला पर्वत फर्केका हुन ।

पर्वत आएका उनीहरुलाई कुश्मा स्थित क्वारेन्टाइनमा राखेर कोरोना परिक्षण गरिएको छ । कोरोना रिर्पोट नेगेटिभ हुनेलाई थप १४ दिन क्वारेन्टाइनमा बस्नका लागि सम्बन्धित पालिकामा पठाइएको छ भने, पोजेटिभ देखिएमा पर्वत कोरोना अस्पतालमा उपचार गरिन्छ ।

पर्वत अस्पतालले दिएको जानकारीअनुसार भारतबाट नेपालको सुनौली नाका हुँदै बिहीबार पर्वतको कुश्मास्थित दुई स्थानको क्वारेन्टाइनमा राखिएका पाँच जना व्यक्तिहरुमा रिपोर्ट पोजिटिभ आएको हो ।

गण्डकी प्रदेशस्तरीय प्रयोगशालामा सोमबार साँझ रिपोर्ट पोजिटिभ देखिएका उनीहरुको बिववरण मंगलबार बिहान सार्वजनिक भएको हो । पोजिटिभ देखिनेहरुमा फलेबास नगरपालिकाका २० र ४० वर्षका पुरुष तथा महाशिला गाउँपालिकाका १९, २० र २१ वर्षका पुरुष छन् । उनीहरुसँगै आएका अरु व्यक्तिहरुको रिपोर्ट भने नेगेटिभ आएको पर्वत अस्पतालले जनाएको छ ।