Print

संघीय बजेट : पर्वतमा समपुरक अनुदान ७ करोड १२ लाख

१७ जेठ, पर्वत । पर्वत जिल्लाका लागि संघीय सरकारबाट समपुरक अनुदान तर्फ ७ करोड १२ लाख रुपैंया विनियोजन भएको छ । जिल्लाका ४ स्थानीय तहले समपुरक अनुदान पाउने भएका छन । जिल्लाको कुश्मा नगरपालिका, महाशिला गाउँपालिका, मोदी गाउँपालिका र विहादी गाउँपालिकाले समपुरक अनुदान पाउनेछन ।
अर्थ मन्त्री डा. युवराज खतिवडाले प्रस्तुत गरेको बजेटमा जिल्लाका ४ स्थानीय तहले समपुरक अनुदान पाउने भएका हुन । फलेवास नगरपालिकाका प्रमुख पदमपाणी शर्माका अनुसार बजेटमा फलेवास नगरपालिकाको रकम छुट गए पनि थप ५ करोड समपुरक अनुदानमा फलेवास समेत रकम पाउने बताउँछन् ।

उनले प्राविधिक कारण बजेट किताबका रकम छुट गएको मन्त्रालयले स्विकार गरेका कारण नगरपालिकाका थप ५ करोड समपुरक अनुदान तर्फ रकम आउने नगरप्रमुख शर्माको भनाई छ । बाँकी स्थानीय तहका लागि भने समपुरक अनुदान उपलब्ध हुने छैन । कुश्मा नगरपालिकाले समपुरक अनुदान तर्फ ५६ लाख रुपैंया प्राप्त गर्नेछ ।

महाशिला गाउँपालिकाले समपुरक अनुदान तर्फ १ करोड ३६ लाख रुपैंया प्राप्त गर्नेछ । यसैगरी मोदी गाउँपालिकाले समपुरक अनुदान तर्फ १ करोड २० लाख रुपैया प्राप्त गर्नेछ । विहादी गाउँपालिकाले समपुरक अनुदान तर्फ ४ करोड रुपैंया प्राप्त गर्नेछ ।