१५ जेठ, पर्वत । पर्वतबाट चितवन सरुवा भएर जान लाग्नुभएकी प्रमुख जिल्ला अधिकारी कल्पना घिमीरे नेपाललाई विभिन्न संघ संस्थाहरुले विदाई गरेका छन् ।
कोभिड(१९ को संक्रमणका कारण ठुलो कार्यक्रम नगरे पनि थोरै संख्यामा औपचारिक कार्यक्रमनै गरी विदाई गरिएको हो । पर्वत उद्योग बाणिज्य संघ, भ्रष्टाचार विरुद्ध नागरिक निगरानी समुह पर्वत, कर्मचारी मिलन केन्द्र पर्वत, जिल्ला प्रशासन कार्यालय, जिल्ला अस्पतालका चिकित्सकहरु लगायतले छुट्टाछुट्टै कार्यक्रम गरी विदाई गरेका हुन् ।
यस अघि बुधवार विहान जिल्ला प्रशासन कार्यालयमा आयोजित पत्रकार भेटघाटमा आफु पर्वत सरुवा भएर आएको झण्डै एक वर्षको अवधिमा भए गरेका गतिविधिहरुको बारेमा जानकारी गराएकी थिइन् ।
प्रजिअ नेपालले कोभिड १९ बिरुद्धको अभियानमा पर्वतलाई गण्डकी प्रदेशमा ‘नम्बर एक’ बनाएको दाबी पनि गरिने । कोभिड बिरुद्धको तयारीका क्रममा प्रदेशका हरेक जिल्लामा भन्दा पर्वत नयाँ र पहिले कार्यक्रम योजना बनाउने र कार्यान्वयनमा सफलता पाएकाले प्रदेशमै नम्बर एक भएको बताईन । पर्वतमा अहिलेसम्म १ जना पनि कोरोना पोजेटिभ नदेखिनु सुखद पक्ष भएको बताउँदै जिल्ला कमाण्ड पोष्ट र सुरक्षा समितिले गरेका निणर्यहरुको प्रभावकारी कार्यान्वयनमा जोड दिन सके जिल्लालाई नै सुरक्षित राख्न सकिने बताईन ।
गण्डकी प्रदेशका ११ जिल्ला मध्ये पर्वतको कुश्मा बजार प्रदेकै उत्कृष्ट बजारको रुपमा प्रदेशले घोषणा गर्नुलाई पनि सिडिओ नेपालले उपलब्धिपूर्ण रहेको बताई । उनले कालो बजारी र कृत्रिम अभाव नियन्त्रणमा खेलेको भूमिका कारण बजार अवस्था सन्तोषजन रुपमा रहेको समेत धारणा ब्यक्त गरेकी थिइन । खाद्यन्न सामाग्रीको स्टक, विक्री र बजार मूल्यका आधारमा कुश्मा बजार उत्कृष्ट बजारको रुपमा चिनिएको थियो ।
कोरोना नियन्त्रण कार्यमा पुलिङ क्वारेन्टाइनको रुमा होटलहरुलाई प्रयोग गर्ने विधिका कारण पर्वत कोरोनाको जोखिममा थप कम जोखिममा रहेको छ । भारतबाट आउनेरुलार्ई कोरोना देखिए पनि उनीहरुले समुदायमा कोरोना सार्ने जोखिम अत्यत्तै न्यून भएको प्रजिअ नेपालको भनाइ छ ।
कोरोना नियन्त्रणका लागि लामो समय डिमुवामा हेल्थ डेक्स निर्माण भएको थियो । जिल्लाका दक्षिणी क्षेत्रत्रमा थप सुरक्षा बल पठाइएको छ भने कार्किनेटा प्रहरी पोष्टमा प्रहरीको संख्या थप गरिएको छ । त्यहाँ शसस्त्र प्रहरी बल समे पठाइएको छ ।
कोरोना नियन्त्रण र रोकथामका लागि जिल्ला अस्पताल बाहेक कोरोना अस्थायी अस्पतालको स्थापना गरिएको छ । कोरोना संक्रमण शुरु भएको पहिला ढेड महिना प्रदेश भरी थ्रोड स्वाबबाट कोराना जाँच गर्नेमा पर्वत जिल्लाको संख्या अधिक थियो ।
यसैगरी जिल्ला कमाण्ड पोष्टको निर्णय अनुसार पर्वतमा आईसियू र भेन्टिलेटरको अनुमति प्राप्त भएको छ । भेन्टिलेटर खरिद र आइसियूको ब्यवस्थापन भईरहेको प्रजिअ नेपालले जानकारी दिइन् ।




