१३ जेठ, पर्वत । भारतबाट पर्बतमा फर्किएका थप ९ जनाको थ्रोड स्वाब संकलन गरिएको छ । मंगलबार थप ९ जनाको स्वाब संकलन गरी परिक्षणका लागि पोखरा स्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको प्रयोगशालामा पठाइएको छ ।
मंगलबार थप ६ जना पर्वतमा भित्रिएका छन् । रोजगारीको लागि भारत पुगेका उनिहरु स्थानिय प्रशासनको समबन्यमा जिल्ला भित्रिएका हुन । मंगलबार भित्रिएका ६ जना र सोमबार आएका ३ जनाको गरी ९ जनाको पिसिआर परिक्षणका लागि स्बाव संकलन गरी प्रादेशिक प्रयोगशाला पोखरा पठाइएको छ ।
यस अघि सोमबार पठाइएको ८ जनाको स्वाब परिक्षणको रिर्पोट भने आउन बाँकी रहेको छ । यस अघि ३१ जनाको रिर्पोट नेगेटिभ आइसकेको छ ।




