Print

शुक्रबार संकलन गरिएका १५ जनाको थ्रोड स्वाबको कोरोना रिर्पोट पनि नेगेटिभ

३ जेठ, पर्वत । कोरोना अस्पतालमा शुक्रबार संकलन गरिएका १५ जनाको थ्रोड स्वाबको रिर्पोट पनि नगेटिभ आएको छ ।

अस्पताकला प्रमुख शिशिर देवकोटाका अनुसार शुक्रबार संकलन गरिएका १५ जनाको थ्रोड स्वाब (पिसिआर) को रिर्पोट नेगेटभि आएको हो ।

पोखरा स्थित क्षेत्रीय प्रयोगशालामा परिक्षण गरिएका १५ जनाको रिर्पोट नेगेटिभ शनिवार साँझ नेगेटिभ आएको जानकारी डा. देवकोटाले दिए ।

स्वाब संकलन गरिएकाहरुको विवरण भने सार्वजनिक गरिएको छैन । योसगै पर्वतमा कुल १ सय १६ जनाको थ्रोड स्वाबको रिर्पोट नेगेटिभ आएको छ ।