Print

पर्वतमा आज ९६ जनाको आरडिटि परिक्षण, सवैको नेगेटिभ, ७ जनाको पिसिआर रिर्पोट आउन बाँकी

३ जेठ, पर्वत । शनिवार एकै दिन पर्वतमा ९६ जनाको ¥यापिड डाइगोनिष्टक टेष्ट (आरडिटि) परिक्षण गरिएको छ । उनीहरु सवैको रिर्पोट नेगेटिभ आएको पर्वत जिल्ला अस्पतालका प्रमुख डा. शिशिर देवकोटाले जानकारी दिए । देवकोटाका अनुसार आजै पर्वतमा ७ जनाको थ्रोड स्वाब (पिसिआर) संकलन गरिएको छ ।

उनीहरुको स्वाब परिक्षणको लागि आजै पोखरा स्थित क्षेत्रिय प्रयोगशालामा पठाइएको अस्पतालले जनाएको छ । थ्रोड स्वाब संकलन गरिएकाहरुकोे रिर्पोट आउन बाँकी रहेको छ ।

योसंगै पर्वतमा कुल १ सय ८ जनाको थ्रोड स्वाब संकलन गरिएको छ । यस अघि १ सय १ जनाको थ्रोड स्वाबको रिर्पोट नेगेटिभ आएको थियो ।