Print

पर्वतको पातिचौरमा भारतीय प्रधानमन्त्री मोदीको पुत्ला दहन

२९ वैशाख, पर्वत । नेपाली भुमी भारतले मिचेको भन्दै चौतर्फी विरोध भैरहेका बेला पर्वतको मोदी गाउँपालिकामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरिएको छ ।

मोदी गाउँपालिकाको पातीचौर बजारमा स्थानीय मोदी युवा संजाल, पातीचौर क्रिकेट क्लवको आयोजनामा सोमवार दिउँसो पुत्ला दहन गरिएको हो । डिमुवावाट शुरु भएको बिरोध जुलुस पातीचौरमा पुगेर कोण सभामा परिणत हुँदै भारतीय प्रधानमन्त्रीको पुत्ला दहन गरि बिरोध गरिएको मोदी युवा संजालका अध्यक्ष समिर मल्लले जानकारी दिनुभयो ।

उहाँका अनुसार कार्यक्रममा शिक्षाविद् एवम् प्रध्यापक डा. कैलाश तिमिल्सिना लगायतले पनि बोल्नुभएको थियो ।

नेपाली भूमि कालापानी र लिपुलेकमाथिको पटक पटकको अतिक्रमण नेपाली जनताका लागि सह्य नहुने बताउँदै अतिक्रमित भूमि तुरुन्त फिर्ता गर्न उनिहरुले माग गरेका छन् । उनिहरुले दुवै सरकारबीच आपसी वार्ता गरी समस्याको समाधान खोज्न समेत आग्रह गर्दै सिमानाको दिर्घकालीन समस्या समाधान गर्न समेत माग गरेका छन् । भारतले लिपुलेकमा सडक विस्तार गरेपछि संसददेखि सडकसम्म बिरोध चुलिएको छ