१७ वैशाख, पर्वत । नेपाल कम्युनिष्ट पार्टीका युवा नेता तथा सांसद महेश बस्नेत प्रति लक्षित गरी अहरणको आरोप लगाएर चरित्र हत्या गरिएको भन्दै राष्ट्रिय युवा संघ पर्वतले विज्ञप्ति प्रकाशित गरेको छ ।
युवा संघ पर्वतका संयोजक थमनारायण पौडेलद्धारा जारी विज्ञप्तिमा नेकपाका सांसदहरुलाई अपहरणको आरोप लगाएर राजनैतिक रुपमा चरित्र हत्या गर्नु हास्यास्पद भनिएको छ । विज्ञप्तिमा भनिएको छ –‘कुनै पनि राजनैतिक पार्टीका नेता तथा कार्यकर्तासगको भेटघाट र वार्तलाई अतिञ्जित गरेर दुस्प्रचार गर्नु आफैमा परिपक्कता मान्न सकिदैन ।’
सांसद बस्नेत माथि संघिय समाजवादी पार्टीले आफ्ना सांसद डा. सुरेन्द्र यादवको अपहरण गरेको आरोप लगाउँदै आएको छ ।
आरोपको खण्डन गर्दै प्रकाशित विज्ञिप्तिमा भनिएको छ–‘मुलुकको भविश्यको रुपमा रहेका सक्षम युवा नेतृत्वलाइै राजनैतिक पूर्वाग्रह राखेर ब्यक्तिगत लान्छना लगाएर राजनैतिक घटनालाई अपराधिक स्वप र वनध दिने कुचेष्टा गर्नु आफैमा दुःखद् भएको भन्दै यस्ता गतिविधिहरुलाई तत्काल बन्द गर्न राष्ट्रिय युवा संघ नेपाल र्पत जिल्ला कमिटि आब्हान गर्छ’




