Print

आइतबारसम्म पर्वतमा विदेशबाट आएका सवैको कोरोना परिक्षण सक्ने तयारी

२८ चैत, पर्वत । परिक्षणको दायरा बढाउँदै लगेको पर्वत जिल्ला अस्पतालले आगामी आइतबारसम्म विदेशबाट पर्वतमा आएका सवैको परिक्षण सक्ने तयारी गरेको छ ।

पर्वत जिल्ला अस्पतालका निमिक्त सुपरिटेण्डन डा. शिशिर देवकोटाका अनुसार भोलीबाट शुरु हुन ¥यापिड टेष्ट आइतबारसम्म सवै पालिकामा सञ्चालन हुनेछ ।

शनिवार कुश्मा र फलेवासमा परिक्षण कार्य हुने र आइतबार एकै साथ जिल्लाका सवै पालिकाहरुमा ¥यापिड टेष्ट गर्ने डा. देवकोटाले जानकारी दिए । भोली नै भारतबाट चैत्र १ गते पछि फर्किएका ५० जनाको फलेवास नगरपालिकामा परिक्षण हुनेछ ।

परिक्षण कार्यको तयारी फलेवास नगरपालिकामा सकिएको र भोली नै नगरक्षेत्रमै गएर परिक्षण कार्य गरिने डा. देवकोटाको भनाई छ ।

‘जिल्ला भर विदेशबाट फर्केका सवैको परिक्षण आइतबार साँझ सम्म सक्ने तयारी छ’ डा. देवकोटाले भने । जिल्ला भर झण्डै ३ को संख्यामा विदेशबाट फर्केकाहरु छन । पर्वतमा हालसम्म ५१ जनाको थ्रोड स्वाब संकलन भईसकेको छ ।