Print

सुनसान गाउँहरु, भरिभराउ

रित्ता गाउँका बस्तीहरु । उर्वर भूमि बाँझै । जंगली जनावरको आतंक गाउँमा । यी र यस्ता समस्याबाट नेपालका ग्रामीण क्षेत्र गुज्रीरहेका छन । शहर पस्ने, बजार झर्ने दर नेपालमा उच्छ ।

वैदेशिक रोजगरीका कारण युवाहरु गाउँमा भेटिदैनन । शिक्षा र स्वास्थ्यको कारण देखाउँदे बजार झर्नेको संख्या पनि ठूलो छ । भरीभराउ हुने गाउँघर सुनसान बनेका छन ।

वस्तीहरु एक्लिएका छन । गैरीखेतहरु बाँझो उत्पादन हुँदा उत्पादन घटेको छ । रेमिट्यान्सेले बुद्धआमा बुवा भने गाउँमा भेटिन्छन । यो क्रम नरोकिने हो भने गाउँघर बृद्धाश्रम जस्तो बन्ने देखिन्छ ।

जेष्ठ नागरिक मात्र गाउँमा छन । सरकार ग्रामीण विकास मर्म अनुसार अघि बढेको छ । सडक गाउँमा पुगेका छन । २४ सै घण्टा बत्ति बल्ने गरी विद्युतीकरण गाउँमा पुगेको छ ।

ब्यवसायीक शिक्षामा सरकारले जोड दिएको छ । उत्पादनमा लाग्न कृषकलाई अभिप्रेरित गरीरहेको छ । स्थानीय स्तरमा रोजगारी सृजना कसरी गर्न सकिन्छ भन्ने गरी सरकार योजना बनाउँदै छ ।

गाउँमै बस्ने, गाउँमै रमाउने योजना बनिरहेका छन । ग्रामीण क्षेत्रको विकासलाई मुख्य आधार सरकारले बनाइरहेको छ । तै पनि गाउँमा बस्ने मानसिकता अझै पनि नेपालीहरु देखिएका छैनन । विदेश जानेको दर निकै उच्च छ नेपालमा । त्यसले पनि गाउँ घर रित्ता बनेका हुन । आर्थिक अवस्थामा सुधार आउँदा साथ शहर बस्नुपर्छ भन्ने मानसिकता पनि अझै विकसित हुँदै गइरहेको छ ।

यहि परिवेशमा नेपालमा २०७६ सालकौ चैत महिनाबाट एउटा नयाँ स्वास्थ्य बहस प्रारम्भ भएको छ । चिनको वुहान शहरबाट शुरु भएको नोबेल कोरोना भाइरसले विश्व समुदायलाई नै आतंकित बनाइरहेको छ ।

नेपालमा पनि यसको संक्रमणको आशंकामा लक डाउनको अवस्था सृजना भएको छ । बन्दा बन्दीमा जनतालाई बस्न सरकारले आग्रह गरेको छ ।

सरकारको आग्रह पछि जननाले पनि गाउँ घर सम्झेका छन । बजार सुनसान बनाएका छन । शहरलाई एक्लो छाडेका छन । यतिबेला अधिकांश गाउँघर भरिभराउ भएका छन ।

गाउँ घर सुरक्षित गरेकाहरु अहिले आफ्नो ठाउँमा नै फर्किएका छन । विदेशबाट गाउँ फर्कन चाहनेहरुको संख्या ठूलो भए पनि सरकारले त्यसमा रोक लगाएका कारण त्यो सम्भव छैन । बजार झरेका र शहर पसेकाहरु यो समय आफ्नो जन्म गाउँमा नै पुगेका छन । सरकार वा अन्य संस्थाले एकिन तथ्यांक भने छैन । कति मानिस गाउँ फर्के भनेर । तर बजारको अवस्था हेर्दा संख्या धेरै घटेको छ ।

गाउँमा हेर्दा संख्या बढेको छ । वडा दशैमा गाउँ घरमा टिका लगाउने केहि दिन मात्रै गाउँमा पुग्थे । उनीहरु नियमित कामका लागि कर्मथलोमा र्फिर्कहाल्थे ।

यतिबेला लगातार २ साता भन्दा बढि लक डाउनको अवधि पुगेको छ । सरकारले ३ हप्ता घोषणा गरीसकेको छ । लक डाउन अझै लामो अवधि हुने देखिन्छ ।

यसले पनि गाउँघर मै अझै केहि हप्ता मानिस बन्नेछन । सुनसान र उजाड बनेका बस्तीहरुमा बहार अझै केहि दिन कायम रहनेछ । तीन दशक अघिको रौनक गाउँमा अझै केहि दिन हुने देखिन्छ ।