२४ चैत, पर्वत । विदेशाट फर्किएका थप ८ जनामा पनि कोरोना संक्रमण भेटिएन । पर्वतको कुस्मा नगरपालिकामा चैत्र महिना यता बिदेशबाट फर्केका ८ जना ब्यक्तिको कोरोना परिक्षणको रिर्पोट नेगेटिभ आएको पर्वत अस्पतालका प्रमुख डा. शिशिर देवकोटाले जानकारी दिए ।
८ जनाको थ्रोड स्वाबको पोखरा स्थित क्षेत्रिय प्रयोगशालामा भएको परिक्षणमा नेगेटिभ रिर्पोट आएको डा देवकोटाले जानकारी दिए ।
योसंगै पर्वतमा १४ जनाको कोरोना संक्रमण नेगेटिभ देखिएको छ ।




