२३ चैत, पर्वत । कोरोना संक्रमणको उपचारमा पर्वत जिल्लाको सवैभन्दा पुरानो क्लबले आर्थिक सहयोग गरेको छ । उपचारका आवश्यक सामाग्रीहरु खरिदका लागि पर्वत अस्पताललाई क्लबले नगद १५ हजार रुपैंया सहयोग गरेको अस्पतालका अध्यक्ष गोविन्द पहाडीले जानकारी दिए ।
संक्रमणको जोखिम बढेसंगै अस्पतालमा उपचारका लागि आवश्यक सामाग्रीहरु खरिद गरी विरामीको उपचारमा सहज होस भनेर उक्त रकम सहयोग गरेको क्लबले जनाएको छ । यस अघि पर्वत स्थित लाइन्स क्लबहरुले १० थान पिपिइ हस्तान्तरण गरेका थिए ।
उनीहरुले उपचारमा सग्लन्न डाक्टरको सुरक्षाका लागि भनेर एक कार्यक्रमका वीच अस्पतालका अध्यक्ष पहाडीलाई सुरक्षाका सामाग्रीहरु हस्तान्तरण गरेका हुन । ।




