१० चैत, पर्वत । सम्भावित कोरोना भाइरसलाई मध्यनजर गर्दै पर्वत जिल्ला भित्रने यात्रु बहाक सवारी साधनहरुमा रोक लगाएसंगै जिल्लाका नाकाहरुबाट यात्रुहरुलाई फिर्ता पठाइएको छ ।
आइतबार विहान बसेको विपद् ब्यवस्थापन समितिको वैठकले दिउँसो २ बजेदेखि लकडाउन गर्ने सुचना सार्वजनिक गरेको थियो । लक डाउनसंगै कुश्मा बजारका अत्यावश्यक बाहेकका पसलहरु बन्द भएका छन ।
जिल्ला भित्रने मुख्य नाका कास्कीको नयाँपुलमा प्रहरीले कडाईका साथ चेकजाँच गरिएको छ ।
मालबहाक सवारीलाई मात्र जिल्लामा प्रवेश दिइएको छ । अन्य जिल्लाबाट आउने यात्रुलाई भने पूर्ण रुपमा प्रतिबन्द्ध लगाइएको सुरक्षा अधिकारीहरुले जनाएका छन ।




