Print

आज दिउँसो २ बजे देखि पर्वत जिल्ला ‘लक डाउन’

१० चैत, पर्वत । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसको संक्रमण न्यूनिकरणका लागि पर्वतमा आज दिउँसो दुई बजे देखि पर्वत जिल्ला लकडाउन हुँदैछ ।

दिउँसो २ बजेदेखि अन्तर जिल्ला संचालन हुने लामो तथा छोटो दुरीका सवारीसाधनहरु पुर्ण रुपमा बन्द गरिने भएको छ भने अति आवश्यक खाद्य सामाग्री, दैनिक उपभोग्यीय खाद्य बस्तुहरुका पसल बाहेक सवै बन्द गरिने भएको छ ।

दुध, तरकारी, फलुफुल औषधी पसल, पेट्रोलियम पदार्थहरु बाहेक सवै पसल बन्द गर्ने निर्णय भएको छ ।

सोमबार विहान जिल्ला प्रशासन कार्यालय पर्वतमा बसेको विपद् ब्यवस्थापन समितिको वैठकले यस्तो निर्णय गरेको हो ।

समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी कलपना घिमिरे नेपालले सुरक्षित रुपमा घरमै बस्न र घरबाट ननिस्कन आग्रह गरेकी छिन ।

फाइल तस्विर