Print

‘समाजको अराजकता रोक्न सुचना प्रविधि विधेयक’ : सांसद गिरी

२९ पुस, पर्वत । संसदीय समितिले अनुमोदन गरी संसदमा पेश हुन लागेको सुचना प्रविधि विधेयकको सांसद पदम गिरीले बचाउ गरेका छन । उनले समाजमा मौलाउँदै गएको अराकता रोक्नका लागि सुचना प्रविधि विधेयक सरकारले ल्याउन लागेको बताएका हुन । उनले अराकताबादीहरुले विरोध गरे पनि समाजलाई सुसंस्कृति र सभ्य बनाउनका लागि विधेयक  आवश्यक रहेको बताएका छन । उनले सरकारको विरोध गर्नेका लागि विधेयकको विरोध गर्ने विषय बनेको बताउँदै सामाजिक सञ्जालबाट कसैको चरित्र हत्या हुने सामाग्री पोष्ट गर्न पाउनुपर्छ भन्नु लज्जास्पद र हास्यास्पद भएको टिप्पणी गरे ।

मोदी गाउँपालिकाको पशुपति माविको स्वर्ण जयन्तीको समापन शत्रको दोस्रो दिनको प्रमुख अतिथिको रुपमा मन्तब्य राख्दै सांसद गिरीले अर्को एक प्रशंगमा पर्वत जिल्लामा विकास नसोचेको गतिमा अघि बढेको बताए । उनले निर्वाचनको बेलामा गरिएका प्रतिबद्धताका सवै योजनाहरु साकार र सफल हुँदै गएको समेत बताए । सांसद गिरीले जिल्लामा हाल १ सय २१ किलोमिटर सडक कालोपत्रेको चरणमा रहेको भन्दै ५ बर्षे कार्यकाल भित्र कम्तिमा २ सय किलोमिटर पर्वतका ग्रामीण सडकहरु कालोपत्रे हुने प्रतिबद्धता समेत ब्यक्त गरे ।

सांसद गिरीले कार्यक्रममा सिंचाई, खानेपानी, रोजगारी सृजना र प्राविधिक शिक्षामा पर्वत जिल्लालाई चिनाउने गरी काम भइरहेको समेत बताए । उनले निर्वाचनको बेलामा गरेका वाचाहरु पुरा गराउन सधै आफूहरु खटिरहेको समेत बताए ।

पशुपति मावि स्थापना भएको ५० बर्ष पुरा भएको अवसरमा उक्त कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रमको अवसरमा रतौली प्रतियोगीता समेत सम्पन्न भएको छ । प्रतियोगीतामा विजयीहरुलाई सांसद गिरीे पुरस्कार वितरण गरेका थिए ।