२९ पुस, पर्वत । जिल्लाको मोदी गाउँपालिका आयुर्वेद स्वास्थ्य शाखाले एक दिने निःशुल्क आयूर्वेश गाउँघर क्लिनिक सञ्चालन गरेको छ । नसर्ने रोगहरु तथा आयूर्वेद औषधिद्धारा उपचार हुने रोगहरुको उपचारका लागि उक्त शिविरको गाउँपालिकाले आयोजना गरेको हो ।
घुम्ति शिविरको रुपमा सञ्चालन गरिएको उक्त क्लिनिकको उद्घाट गर्दै प्रमुख अतिथि गाउँपापलिका अध्यक्ष प्रेम पौडेलले सवै गाउँपालिकाबासीको स्वास्थ्य उपचारको विषयमा गाउँपालिका सधै चिन्तित गरेको बताए । उनले रोगलाई पालेर बस्नु भन्दा समयमा नै उपचार गर्दा त्यो रोग निको हुने समेत बताए । उनले सवै गाउँपालिका बासीको उपचारको लागि सवै किसिमका सहयोग गर्न गाउँपालिका तयार रहेको समेत बताए ।
शिविरको उद्घाटन शत्रको अध्यक्षता मोदि १ का काव वडा अध्यक्ष भुल बहादुर पैडेलले गरेका थिए । उक्तक्लिनिकमा १०० भन्दा बढी बिरामीको स्वस्थ्य परिक्षण तथा निशुल्क औषधि वितरण गरिएको थियो । क्लिनिकमा महिलाहरुको संख्या उल्लेख्य रहेको उक्त कार्यक्रममा पेट, ग्यास्टिक, अरुची, बाथ, नशा, छाला, महिला सम्बन्धी रोग, पाइल्सका बिरामी बढी रहेको स्वास्थ्यकर्मी प्रकाशचन्द्र सुवेदीले जानकारी दिए । सुवेदीका अनुसार क्लिनिकमा विरामीहरुको उल्लेख्य सहभागीता रहेको थियो । गाउँपालिकाले पालिकाका अन्य वडाहरुमा समेत यस्तो कार्यक्रमलाई निरन्तर रुपमा सञ्चालन गर्ने सुवेदीको भनाई छ ।




