Print

खुर्कोटका पहिरो पिडितलाई प्रशासन कार्यालय र कुश्मा नगरपालिकाबाट १/१ लाख राहत

८ भदौ, पर्वत । कुश्मा नगरपालिका वडा न २ खुर्कोटमा पहिरोमा परी मृत्यु भएका परिवारका लागि जिल्ला प्रशासन कार्यालय पर्वत र कुश्मा नगरपालिकाले एक/एक लाख रकम प्रदान गरेका छन ।

पहिरोमा परी घर पुरिदा मृत्यू भएका रयाम बहादुर चालिसकोे परिवारलाई राहत स्वरुप जिल्ला प्रशासन कार्यालय पर्वत र कुश्मा नगरपालिकाले राहत रकम हस्तान्तरण गरेका हुन । मंगलबार पहिरो ग्रस्त स्थलमै पुगी जिल्ला प्रशासन कार्यालयले वितरण गर्ने राहत रकम राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सीनाले हस्तान्तरण गरे भने यस अघि कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले पनि एक लाख रकम हस्तान्तरण गरेका थिए ।

सुतिरहेको रातीको समयमा खेतको बारी भाँसिएर घर पुर्दा ६९ बर्षिया चालिसेको ज्यान थियो । पहिरोका कारण चालिसको घर पूर्ण रुपमा ध्वस्त भएको छ । घरमा चालिस र उनकी श्रीमती वस्दै आएका थिए । पहिरो गए लगतै सदरमुकाम कुश्माबाट प्रतिनिधि सभाका सदस्य पदम गिरी सहितको टोली घटनास्थलमा पुगी उद्धार कार्य गरेको थियो । उद्धार टोलीले माटोले पुरिएको अवस्थामा चालिसेको शव निकालेका थिए ।

चालिसेका दुई छोरा र चार छोरीहरु रहेकाछन । घर पूर्णरुपमा भत्किए पछि चालिसेको परिवार अहिले छिमेकी घरमा काजक्रिया बसिरहेका छन ।