Print

‘४ बर्ष भित्र पैयू गाउँपालिकामा सुविधा सम्पन्न अस्पतालको शिल्यान्यास हुन्छ’–सांसद गिरी

८ भदौ, पर्वत । जिल्लाको दक्षिणी क्षेत्र पैयूका स्थानीयले सुविधासम्पन्न अस्पतालको माग गरेका छन । सदरमुकाम देखि टाडा रहेको पैयू गाउँपालिकामा उपचारको समस्या पर्दै आइरहेको भन्दै यहाँका जनताले सुविधासम्पन्न अस्पतालको स्थापना गर्न संघिय सरकारसंग माग गरेका हुन । उनीहरुले एक कार्यक्रमका वीच संघिय सांसद पदम गिरी र यशोदा सुवेदीसंग यस्तो माग गरे । उपचारका लागि स्वास्थ्य चौकीहरुको मात्र भर पर्दा उपचारमा समस्या पर्दै आइरहेको उनीहरुको भनाई छ । गाउँपालिकाका अध्यक्ष खगेन्द्र तिवारी भन्छन–‘विशेषज्ञ डाक्टर सहितको सुविधा गाउँपालिकाको लागि आवश्यक छ ।’ उनले गाउँपालिका भित्रका जनतालाई स्वास्थ्य क्षेत्रको भरपर्दो उपचार विधि दिन नसकिएको भन्दै गाउँपालिका भित्रै अस्पताल निर्माण हुनु पर्ने धारणा राखे ।

पैयू गाउँपालिका भित्रका बासिन्दाले स्वास्थ्य चौकी पछिको उपचार सेवा लिन वालिङ वा पोखरा धाउन बाध्य छन । जिल्ला अस्पताल देखि टाडाको दुरीमा रहेका स्थानीयबासीले ल्याव, एक्सरे र भिडियो एक्सरेको सेवा समेत स्थानीय स्तरमा उपलब्ध नहुँदा सास्ती बेहोर्दै आइरहेका छन । यसले उपचारमा खर्चिलो हुने र सामान्य परिवारको पहुँच समेत नहुने स्थानीयबासीको भनाई छ । पैयू सरौखोलाका निलकष्ठ तिवारी भन्छन-‘सरकारले स्वास्थ्य सेवा विस्तार गर्ने रणनीति लिँदा पैयूमा सुविधासम्पन्न अस्पतालको आवश्यकता छ ।’ उनले संघिय सांसद गिरीलाई इंकित गर्दै भने-‘अस्पताल निर्माणमा पहल गरिदिनुपरयो ।’ कम्युनिष्ट आन्दोलनमा सहयोग गरेकी आफ्नी स्वर्गीय आमा विष्णुकुमारी तिवारीको स्मृतिमा आयोजीत श्रद्धाञ्जली सभामा बोल्दै तिवारीले संघिय सांसद गिरीसंग उपचारमा पैयूबासीले सधै समस्या बेहोर्दै आइरहेको बताए ।

सडक सञ्जालका कारण जिल्ला सदरमुकाम टाडा छ । छिमेकी जिल्ला र प्रदेश राजधानीमा सामान्य उपचारका लागि जानुपर्ने पैयू बासिको बाध्यता छ । तिवारी भन्छन–‘जिल्लाले उपेक्षा गरेको पैयू क्षेत्रको विकासमा सांसद ज्यूले ध्यान दिनुपरयो ।’ पैयू गाउँपालिकामा अस्पताल निर्माण हुँदा त्यसबाट महाशिला र विहादी गाउँपालिकाका स्थानीयले समेत सेवा लिन सक्ने उनीहरुको भनाई छ ।

७ वटा वडाहरु रहेको पैयू गाउँपालिकामा हाल ६ वटा स्वास्थ्य चौकीहरु रहेका छन । त्यहाँबाट प्राथमिक बाहेकका उपचार सेवाहरु उपलब्ध छैनन । अस्पताल निर्माण गर्दा विशेषज्ञ सेवा प्राप्त हुनेमा स्थानीयबासी आशाबादी बनेका छन ।

सम्पन्न अस्पतालको शिल्यान्यास हुन्छ

पैयू गाउँपालिकाका स्थानीयले गाउँपालिका भित्र सुविधासम्पन्न अस्पताल निर्माणको माग गरे पछि संघिय सांसद पदम गिरीले अस्पताल निर्माण हुने प्रतिबद्धता ब्यक्त गरेका छन । सांसद गिरीले आफ्नो बाँकी ४ बर्षको कार्यकाल भित्र कम्तिमा अस्पताल भवनको शिल्यान्याससम्म हुने प्रतिबद्धता ब्यक्त गरे । उनले भने–‘अस्पताल निर्माण कार्य सकिन्छ म भन्दिन, अस्तापलको भवनको शिल्यान्यास म गरेरै छाड्छु ।’ पैयू क्षेत्रमा सडक पूर्वाधार पछि अस्पतालको माग ठूलो मात्रामा उठेको भन्दै उनले उपचारको अभावमा कोहि पनि अकालमा मर्न नपरोस भन्ने आफ्नो चाहना रहेको समेत बताए ।

सांसद गिरीले उपचारको समस्या परेका कारण पैयू क्षेत्रका जनताले निकै कष्ट ब्यहोर्दे आइरहेको भन्दै आफू सांसद भएको कार्यकाल भित्रै अस्पताल निर्माण कार्यको शुरुवात हुने जानकारी गराए । उनले संघिय सरकारमा एक स्थानीय तह एक अस्पतालको कुरा गम्भिर रुपमा उठेको बताउँदै पैयू क्षेत्रका जनताले उपचार सहज रुपमा प्राप्त गर्ने अधिकार रहेको समेत धारणा राखे ।

सांसद गिरीले अस्पताल निर्माण कार्यका लागि जग्गाको ब्यवस्थापन देखि अरु पूर्वाधार निर्माण कार्यमा सहयोग गर्न गाउँपालिकालाई आग्रह गर्दै संघिय सरकारको तर्फबाट स्थानीय स्तरको पूर्वाधार निर्माण भएपछि भवन निर्माण कार्य अगाडि बढाउने गरी आफूले पहल गर्ने समेत बताए ।

उनले जिल्लाको सदरमुकामको विकास निर्माणबाट सधै अवहेलनामा पर्वतको दक्षिणी क्षेत्र पर्दैआइरहेको भन्दै अव भने त्यस्तो नहुने प्रतिबद्धता ब्यक्त गरे । उनले संघिय सरकारले दक्षिणी क्षेत्रको विकासमा हिजोका दिनहरुमा उल्लेख्य योगदान पुराउन नसकेको भए पनि अव भने तिव सवै खालका समस्याहरुबाट दक्षिणी क्षेत्रले मुक्ति पाउने विश्वास ब्यक्त गरे । दक्षिणी क्षेत्रमा कम्युनिष्ट आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेकी स्वर्गीय विष्णुकुमारी तिवारी प्रति श्रद्धाञ्जली अर्पण गर्न पैयूको सरौखोला पुगेका गिरीले स्थानीय स्तरबाट सुविधासम्पन्न अस्पतालको माग भए पछि यस्तो प्रतिबद्धता ब्यक्त गरेका हुन ।

यस अघि पनि सांसद गिरीले निर्वाचनको बेला पैयू क्षेत्रमा सडक कालोप त्रे गर्ने देखि शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा संघिय सरकारले ठूलो मात्रामा सहयोगका कार्यक्रमहरु अगाडि बढाउने प्रतिबद्धता ब्यक्त गरेका थिए । गिरीको अव झण्डै ४ बर्ष संसदको कार्यकाल बाँकी रहेको छ । अर्थ वीट साप्ताहिकमा खबर छ