Print

खुर्सानी खेतीबाट बार्षिक एक लाख आम्दानी

२२ साउन, पर्वत । कुश्मा नगरपालिका वडा न ९ का एक कृषकले बारीमा लगाएको खुर्सानीको बिक्रीबाट मात्रै बार्षिक एक लाख भन्दा बढि आम्दानी गरेका छन । कुश्मा नगरपालिका वडा न ९ कटुवाचौपारीका दिलिप चापागाईले बारीमा लगाएको खुर्सानीको विक्रीबाट मात्रै यो बर्ष १ लाख ६ हजार रुपैया आम्दानी गरेका हुन ।
शिक्षण पेशाबाट अवकाश प्राप्त चापागाईले घरमा खेर गईरहेको बारीमा खुर्सानीका बोट लगाएका छन ।

यसबाट मात्र बार्षिक १ लाख रुपैया भन्दा बढि आम्दानी भएको बताउँछन । उनले उत्पादन भएका खुर्सानी पर्वत सदरमुकाम कुश्मा बजार र गण्डकी प्रदेशको मुकाम पोखरामा बिक्री गरेका छन । एकै पटक २ क्न्टिलसम्म उत्पादन गर्दै बिक्री गरेका चापागाईको बारीमा यो बर्ष मात्रै १२ क्न्टिल खुर्सानी उत्पादन भएका छ । ५३ बर्षिया चपागाईले श्रीमति लक्ष्मी चापागईको सहयोग लिने गरेका छन ।

३१ बर्ष शिक्षण पेशाबाट अवकाश भए पछि चपागाईले गाउँमा नै केहि न केहि उत्पादनमुखी कार्यमा लाग्ने प्रणका साथमा तरकारी उत्पादनमा लागेका हुन । उनले आफ्नो बारीमा काउली, बन्दा, साग र टमाटर पनि लगाएका छन । अहिले सानो मात्रामा लगाएका अन्य तरकारीलाई आगामी बर्ष भने विस्तार गरिने चापागाईको योजना रहेको छ । ३ छोरी र १ छोराका बुवा चापागाईले तरकारी खेतीबाट भएको आम्दानीले दैनिक घरखर्च चलाउन आफूलाई सहज भएको बताउँछन ।

गत बर्ष माघ महिनाबाट बारीमा खुर्सानी खेती गरेका चापागाईले कृषि विषयमा कुनै दख्खलता भने हासिल गरेका छैनन । उनले कृषि प्राविधिकबाट कुनै सहयोग नलिइ खुर्सानी खेतीगरेका छन । आगामी दिनमा सरकारले कुनै अनुदान र प्राविधिक सहयोग उपलब्ध गराएमा आफूले उत्पादनमा थप बृद्धि गर्ने बताए । चापागाईले १ रोपनी क्षेत्रफलमा अहिले खुर्सानी खेती गरेका छन । उत्पादन भएको खुर्सानीको भने बजारको कुनै समस्या नरहेको उनले बताए । सिजनमा ५० रुपैया प्रतिकिलो र अफ सिजनमा १ सय रुपैंया प्रतिकेजीसम्म विक्री गरेको उनको अनुभव छ । गाउँ घरमा नै बसेर सामान्य खेतीबाट लाख भन्दा बढि आम्दानी गर्न सकिने देखेपछि उनले आगामी दिनमा उत्पादनको दायरामा थप विस्तार गर्ने योजना समेत बनाएका छन । अर्थ वीट साप्ताहिकबाट