Print

जिल्ला अस्पताललाई यूरोगार्ड सहयोग

१५ साउन, पर्वत । नेपाल निजामति कर्मचारी संगठन पर्वतले पर्वत जिल्ला अस्पतालमा यूरोगार्ड सहयोग गरेको छ । संगठनले मनोज, झपेन्द्र स्मृति दिवसको अवसरमा जिल्ला अस्पतालका लागि स्वच्छ पिउने पानी उपलब्ध गराउने उद्देश्यले यूरोगार्ड सहयोग गरेको हो ।

स्मृति दिवस कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख मनोहर वि पौडेल, नेकपा पर्वतका नेता भक्त कुँवर, अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष गोविन्द पहाडी, आधाकारिक ट्रेड यूनिएन पर्वतका अध्यक्ष उद्धिमराज पौडेल लगाएतले कर्मचारी संगठनले पारदर्शीतापूर्वक राष्ट्रसेवकको भूमिका निर्वाह गर्नुपर्ने धारणा राखेका थिए ।

संगठनका अध्यक्ष मिनप्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमका सञ्चालन सचिव तेजप्रसाद सुवेदीले गरेका थिए । कार्यक्रम पर्वत जिल्ला अस्पतालमा सम्पन्न भएको थियो ।