Print

सांसदको ध्यान गाउँको विकासमा, गाउँघर भने ‘सुनसान’ बन्दै

२४ जेठ, पर्वत । पछिल्लो समय ग्रामीण वस्तीहरु खाली हुँदै गएका छन । शहरी क्षेत्र र बजारमा बसाई सर्नेको दर बर्षेनी बढिरहेको छ । गाउँ वस्तीका घरहरु एक्लिएका छन । भिर पाखा र पानी पँधेरोहरु निसाम्यै भएका छन । खेतबारी बाँझो छ । उत्पादन घटेको छ । रुख विरुवाहरु बढेका छन । पहिले मानिसको बाक्लो चहल पहल हुने चौबाटोहरु अहिले खाली भएका छन् ।

२०५० को दशक शसस्त्र युद्धका कारण मानिस गाउँबाट बाहिरिए । २०६० दशकको मध्य भागबाट देशमा शान्ति आयो । शान्ति स्थापना पछि पनि गाउँ रित्तिने क्रम रोकिएन् । पर्वत जिल्लाका अधिकांश ग्रामीण बस्तीहरु अहिले उजाडिएका छन् । प्रत्येक ५० घरधुरी भएको वस्तीमा कम्तिमा ३० घर अहिले विस्थापीत छन । उनीहरु मध्ये केहि तराई, मधेस गएका छन । केहि ठूला शहरहरुमा । केहि सदरमुकाम र साना बजारहरु झरेका छन ।

७० दशक लाग्दा देशले भने नयाँ राजनैतिक यात्रा शुरु गरेको छ । देशमा संविधान यहि दशकमा जारी भयो । स्थायी सरकार यहि दशकबाट शुरु भएको छ । आवद्यिक निर्वाचन अव नियमित हुनेछ । सरकारको प्रमुख एजेण्डा विकास र सम्बृद्धि भएको छ । वस्तीसम्म सडक पुराउने सरकारको अभियान छ । खानेपानी, शिक्षा, स्वास्थ्य र रोजगारी सरकारका अर्का प्राथमिकता हुन । देशले नयाँ र स्थिर सरकार पाएको छ । निर्वाचनद्धारा स्थानीय, प्रदेश र संघका प्रतिनिधि चयन भएका छन । तर गाउँघरले अझै पनि सुरक्षित महशुस गरेको छैन ।

७४ सालमा सम्पन्न निर्वाचनमा पर्वतका संघिय सांसद पदम गिरीको मुख्य एजेण्डा थियो–‘सडक, खानेपानी, कृषि, पर्यटन र स्वास्थ्य ।’ यी सवै आवश्यकताहरु गाउँघरसम्म पुराउने अभियानमा छन सांसद गिरी । ग्रामीण सडकलाई कालोपत्रे गर्ने उनको पहिलो सदिशा छ । संघ, प्रदेश र स्थानीय सरकारको प्रयासमा त्यो काम अघि बढेको छ । एक घर एक धारा अभियान तिव्रताका साथ जिल्ला अघि बढेकै छ । प्रधानमन्त्री रोजगार कार्यक्रमको शुरुवात भएको छ । पर्यटन क्षेत्रको विकास र विस्तार हुँदैछ । सवै काम अघि बढेका छन् ।

उता, पर्वत जिल्लाका गाउँ घरहरु रित्तो र शुन्य प्राय बनिरहेका छन । जिर्ण घरहरु छन । ति घरमा झार पलाएको छ । वस्तीसम्मै ंजंगल बढेका छ । एक कार्यक्रमका वीच कुश्मा नगरपालिका वडा न १ पाङ पुगेका सांसद गिरीले रित्ता घरहरु हेर्दै भने–‘गाउँको विकास नेता चाहिएको हो की जनतालाई बुझन सकिन ।’ अवसर, सुरक्षा र पहुँच नभएका कारण घरहरु रित्तिएका हुन । सरकारले करोडौ रकम खर्च गरेर गाउँको विकास गर्दैछ । गिरी भन्छन–‘जनता भने गाउँ छाडेर बजार झरेका छन ।’ पुर्खाहरुले बनाएका गाउँ बस्तीका पुराना संरचनाहरुको अस्तित्व पनि धरापमा परेको छ । कृषि र पशुपालन गर्नेको संख्या अचेल गाउँमा भेटिदैन ।

गाउँ नछाडेकाहरुको पिडा छ–‘गाउँमा कामदार पाइदैनन ।’ कतिपयले गाउँमा गुणस्तरीय शिक्षा नभएका कारण पनि गाउँ छाडेका छन । कुश्मा १ का वडा अध्यक्ष देवेन्द्र सुवेदीले गाउँ छाड्नेको संख्या बढ्दा विकास खर्च धेरै हुने लाभग्राही कम हुने गरेको बताए । उता, गिरीले भने ८० को दशक पछि भने ग्रामीण वस्तीहरुमा पुनः बसाईसराई फर्केन बताए । ‘अव गाउँ विकास र उन्नतीको हिसावले अघि आउँदैछ ।’ कुश्मा १ का स्थानीय रामप्रसाद रिजाल भन्छन्–‘युवा जति वैदेशिक रोजगारमा छन ।’ गाउँमा अवसर छैन । उत्पादनमा लाग्ने युवाको कम छैन । बजारका खाद्यन्नको भरमा पुगेको छ गाउँ । सरकार गाउँको विकास गर्न खोज्ने गाउँ सुनसान बन्ने परिस्थितीको अन्त्य गर्न सरकारले थप ठोस कार्यक्रम ल्याउनुपर्छ ।