Print

असिना पिडितकोे खेतबारीमा फलेवासका मेयर, क्षतिपूर्ति दिने आश्वासन

१७ जेठ, पर्वत । जिल्लाका विभिन्न क्षेत्रमा असिनाका कारण करोडौको क्षति भएको छ । बढिजसो कृषकहले लगाई राखेका बालीनाली असिनाले नष्ट गरेको छ । असिनाले बालि नष्टगरसंगै फलेवास नगरपालिकाका नगरप्रमुख पदमपाणी शर्मा कृषकका खेतबारीमा अनुगमन गर्न आफै निस्किएका छन । मेयर शर्माले प्राविधिक र वडाका प्रतिनिधि सहित खेतवारीका वस्तीहरुमा अनुगमन गरेका हुन । अनुगमन गर्न मेयर शर्मा सहितको टोली शंकरपोखरी लगायतका क्षेत्रमा पुगेको थियो ।

फलेवास नगरपालिका भित्रका कतिपय वडाहरुमा असिनाका कारण ठूलो क्षति पुगेको छ । असिनाले शंकरपोखरीको पुर्कोट, चाम्लाखेत, थुम्का, थापाथर, भैरबथान, भलपोखरा, देउपुजा लगायतका बस्तीमा लगाएको मकै, तरकारी, फलफु पुर्णरुपमा नष्ट भएको छ । यी बस्तीहरुमा खाद्यान्न, तरकारीबाली पुर्णरुपमा नष्ट भएको छ भने छिमेकी बस्तीहरुमा पनि ५० प्रतिशत भन्दा बढी क्षति पु¥याएको छ । असिना पानीका कारण मकैबालीमा सबैभन्दा बढी क्षति भएको नगरप्रमुख शर्माले जानकारी दिए ।

उनले पिडित कृषकहरुलाइ नगरपालिका, प्रदेश र संघ सरकारबाट उचि क्षतिपूर्तिका लागि आश्वासन दिएको जानकारी गराए । नगर सरकार जनताको पहिलो सरकार भएकाले तत्काल के कति गर्न सकिन्छ क्षतिको विवरण आइसकेपछि कृषकहरुलाई राहत वितरण गरिने शर्माको भनाई छ ।

उता कृषिज्ञान केन्द्रका प्रमुख बासुदेब रेग्मीले कृषकहरुले कोदोको नयाँ बिउ राखेर केही राहत लिन सक्ने भएपनि मकैबालीबाट उत्पादन शुन्य हुने अबस्था आएको बताए । उनले जिल्लाका दजनौ वडाहरुमा असिनाका कारण करोडौ रकमको क्षति पुगेको प्रारम्भिक जानकारी गराए । रेग्मीले क्षतिको पूर्ण विवरण भने आइनसकेको बताए ।

यस अघि पनि असिनाका कारण कृषकहरु मर्कामा परेपछि संघिय सांसद पदम गिरीले कुश्मा नगरपालिका भित्रका विभिन्न वडाका वस्तीहरुमा पुगेर क्षतिको जानकारी लिएका थिए । उनले पिडित कृषकहरुलाई राहत दिने गरी सहयोग ब्यवस्थापन गर्न पहल गर्ने प्रतिबद्धता समेत ब्यक्त गरेका थिए । निरन्तको पानी र असिनाका कारण यस बर्षका उत्पादनमा गिरावट आउन देखिएको छ ।