Print

पर्वतमा १ सय १० किमि सडकको डिपिआर बन्दै, सांसद गिरी भन्छन्–‘निर्वाचनका प्रतिबद्धता पुरा हुँदैछन्’

२८ फागुन, पर्वत । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा प्रतिनिधि सभाका सदस्य पदम गिरीको महत्वकाक्षी योजना थियो –‘पर्वतका सवै मुख्य सडक कालोपत्रे ।’ सवै आम सभा र कोणसभाहरुमा धुलाम्मे सडकमा हिड्ने दिनको अन्त्य गर्न आफूलाई मतदान गर्न गिरील आब्हान गरेका थिए ।

निर्वाचनमा फराकिलो मतान्तरले विजयी भएका सांसद गिरीको मुख्य सडक कालोपत्रे गर्ने सपना केहि बर्षमा साकार हुने देखिएको छ । संघिय सरकारको ग्रामीण सडक सञ्जाल सुधार आयोजना (आरसिआइपि) कार्यक्रम अन्तर्ग चालु बर्षमै जिल्लाका ७ सडकको डिपिआर हुदैछ । यी सडकको कुल लम्बाई १ सय १० किलोमिटर छ । यस बाहेकका केहि सडकहरु केन्द्रिय रणनीति सडकको रुपमा उल्लेख भएका छन । बाँकी सडकहरु प्रदेश सरकारकाले नै कालोपत्रे गर्ने गरी तयारी गरेको छ ।

‘तत्कालीन बाम गठबन्धनका उमेदवारहरुको चुनावी नारा र घोषणा पत्र पुरा गर्ने अभियानमा हामी जुटेका छौं’ सांसद गिरीले भने–‘प्रदेश सरकार र संघिय सरकारको एक मात्र उद्देश्य सडक पक्कि बनाउने नै हो ।’ सवै निकाय, क्षेत्र र सरकारसंगको समन्वय र सहकार्यमा सडक कालोपत्रे गर्ने गरी जनप्रतिनिधि लागि परेको गिरीको भनाई छ ।

निर्वाचन पूर्व कालोपत्रेको काम शुरु भएर अलपत्र परेका सडकहरुलाई पनि पूर्णता दिने गरी योजना बनिरहेको र सोहि अनुसार काम भईरहेका छन । निर्वाचनको १ बर्ष पुरा भईसकेको छ । यो अवधिमा सडक कालोपत्रेको लागि आवश्यक योजना छनौट, बजेट ब्यवस्थापन, लगाएतका कामहरु भएका छन ।

आरसिआइपि कार्यक्रम अन्तर्गत कार्यक्रम अन्तर्गत जैमुनिघाट–खानिगाउँ–खलडाँडाँ हुँदै कार्कीनेटा सडकको कुल १५ किलोमिटर, देवीस्थान (ओखले)–लमाए–लिमिठाना –ठानामौला–बेतनी–थापाठाना सडक खण्डको कुल १५ किलोमिटर सडक तथा मिलनचोक –रातामाटा– सालिजा सडकको कुल १८ किलोमिटर सडक कालोपत्रे हुनेछ । यसैगरी कार्यक्रम अन्तर्गत पातिचौर–बाजुङ्ग–क्याङ–नागी सडकको १८ किलोमिटर, रतिखोला–चित्रे–भदौरे सडकको कुल १९ किलोमिटर सडक, दोबिल्ला–पकुवा–गंगटे–आर्थर सडकको कुल १५ किलोमिटर सडक तथा त्रिवेणी–टकलाक–सिगरकोस सडकको पनि कालोपत्रे हुने भएको छ ।

यस अघि दोविल्ला देखि फलेवास हुँदै लुंखसम्मको सडकमा कालोपत्रे भईरहेको छ । उक्त खण्डमा घोएन्याउला देखि मुडिकुवा खण्ड बाँकी छ । दोविल्ला–घोएन्याउला सडक कालोपत्रे सम्पन्न भएको छ । यसैगरी मुडिकुवा–लमायखोला सडक पनि कालोपत्रे सम्पन्न भएको छ । लमायखोला देखि लुंखुको काम भईरहेको छ ।

अर्कोबर्षसम्म कालोपत्रेको काम सकिने छ । उता लुंखु देखि हुवासम्मको लागि भने बजेटको ब्यवस्थापनका तयारी भईरहेको सांसद गिरीले जानकारी दिए । यसैगरी पातिचौर देखि देउपुर हुँदै भुक जाने सडक पनि कालोपत्रेको काम भईरहेको छ । दक्षिणीको चिसापानी हुँदै हुवासबाट विहादी जोड्ने सडक प्रदेश सरकारबाट कालोपत्रेको लागि छनौट काम शुरु हुने अवस्थामा छ । बाँसखर्कलाई वेनीसम्म जोेड्ने वारीवेनी–वगरफाँट–बाँसखर्क सडकमा पनि कालोपत्रेको काम शुरु भएको छ ।

यस अघि योजना परेर रोकिएको डिमुवा–तिलाहार–राम्जादेउराली सडकमा बजेट ब्यवस्थापनको लागि पहल जनप्रतिनिधिहरुले गरीरहेको बताउँदै आएका छन । जलजला क्षेत्रमा पर्ने वारीवेनी–मल्लाज–लेकफाँट सडक, मिलनचोक–धाइरिङ सडक, कुश्मा–दुर्लुङ सडक, दोविल्ला–सिल्मी–ठुलिपोखरी सडक, साइकल चोक–गहतेपोखरा–ठुलिपोखरी सडक, कार्किनेटा–घन्टे–लुंखु सडक भने कालोपत्रेको लागि योजनामा छन । ति सडक मध्ये कुश्मा–दुर्लुङ सडक केन्द्रिय रणनैतिक सडकमा परेको छ । यी सडकहरुमा विभिन्न क्षेत्र र निकायसंग बजेटको ब्यवस्थापन गरी कालोपकेको काम शुरु गरिने सांसद गिरीको भनाई छ ।