१ असोज, पर्वत । कुश्मा नगरपालिका १२ ठुलीपोखरी स्थित ठुलीपोखरी प्राथमिक स्वास्थ्य केन्द्रमा आईतबार एक कार्यक्रमको आयोजना गर्दैएक्स–रे मेशिन जडान् सहित उद्धघाटन गरिएको छ ।
वडा कार्यालय र कुस्मा नगरपालिकाले विनियोजन गरेको ५ लाखको लागतमा एक्स रे मेशिन खरिद गरी सञ्चालनमा ल्याएको केन्द्रका डाक्टरविवेक भण्डारीले जानकारी दिनुभयो । एक्स–रे मेशिन १ सय एम.ए क्षमताको हो ।
केन्द्रमा एक्स रे गर्ने कर्मचारीको दरबन्दी नहुने भएपनिभएका अन्य जनशक्तिबाट सञ्चालन गर्ने उहाँले बताउनुभयो ।
अब हड्डीको शल्यक्रिया बाहेक सबै किसिमका एक्सरे सेवा ठुलीपोखरी प्राथमिक स्वास्थ्य केन्द्रवाट प्राप्त हुने भण्डारीले बताउनुभयो ।
कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले एक्सरे मेशिनको सेवा शुरु गरेर उद्घाटन गर्नुभयो ।
नगरप्रमुख जोशीले ‘शिक्षा,स्वास्थय,खानेपानीजनताको पहिलो आवश्यकताको आधार भएको बताउँदै नागरिकका साझा समस्यालाई साझा रुपमा समाधान गर्दै आएको बताउनुभयो । हालजिल्ला अस्पतालमा समेत लामो समयपछि एम्बुलेन्स भित्राउन सफल भएको पनि जोशीले बताउनुभयो ।
कार्यक्रममा बोल्दै नगरपालिकाका उपप्रमूख सीता काफ्ले लामिछानेले स्वास्थ्यको पहुँचवाट कोहि नागरिक पनि वञ्चित नहुन भन्ने तर्फ आफुहरुसचेत रहेको बताउनुभयो ।
उहाँले कुश्मा नगरपालिकाका कतिपय गाउँमा स्वास्थ्य सेवा सहज रुपमा पुग्न नसकेको बताउँदै स्वास्थ्य सेवालाईसर्वसुलभ वनाउने लक्ष्य नगरपालिकाले लिएको बताउनुभयो ।
कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सदस्य हेमराज सापकोटा,नेकपा पर्वतका जिल्ला नेता ढाकाराम गौतम‘सन्देश’ ले वोल्दै समाजिक काममासबैको हातेमालो आवश्यक रहेको बताउनुभयो । कुस्मा नगरपालिका १२ का वडाध्यक्ष राजेन्द्र प्रसाद पौडेलको अध्यक्षतामा कार्यक्रम सम्पन्नभएको हो ।
समारोहमा कुस्मा नगरपालिका ११ का वडाध्यक्ष शिव प्रसाद शर्मा १४ वटै वडाका वडाध्यक्षको प्रतिनिधीत्व गर्दै वोल्नुभएको थियो ।
प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल,कुस्मा नगरपालिकाका प्रशासकीय अधिकृत सुवास कुमार लामिछाने,जिल्ला अस्पताल पर्वतका प्रमुखसजिना मर्हजन, ठुलीपोखरी स्वास्थय केन्द्रका ईन्चार्ज डाक्टर विवेक भण्डारी पनि कार्यक्रममा बोल्नुभएको थियो । कार्यक्रमको सञ्चालनशिक्षक आनन्द रिमालले गर्नुभएको थियो ।




