Print

पर्वतका न्यौपानेको शव स्याङजामा भेटियो

साउन २०, पर्वत । पर्वतको पैयुँ गाउँपालिका ५ घर भई स्याङ्जाको वालिङ नगरपालिका १२ बस्दैआएका ५७ वर्षीय खगेश्वर न्यौपाने शनिबार मृत फेला परेका छन्।

उनी घर नजिकै खोल्सामा फेला परेका हुन्। शव पोस्टमार्टमपछि अन्तिम संस्कारका लागि परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएकोछ ।